वीरगन्ज । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण सम्बन्धि अभिमूखीकरण कार्यक्रम सपन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्रको आयोजना र वीरगन्ज उद्योग वाणिज्य संघको सहजीकरणमा वीरगन्जको त्रिशला रेष्टुरेन्टमा शुक्रबार सम्पन्न भएको हो ।
अभुमूखीकरण कार्यक्रममा प्रवर्द्धन केन्द्रका विज्ञहरूले उद्योग प्रतिष्ठानहरूले उद्योग परिसरमै श्रमिकहरूलाई व्यावसायिक तालिमको व्यावस्था गर्न सके दक्ष जनशक्ति उत्पादन हुन सक्ने र यसले उत्पादन पनि गुणस्तरीय हुने बताएका थिए ।
प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रोजगारदाताहरूले कार्यालय परिसरमै तालिमको व्वास्था गर्न सम्भव नरहेकोले प्रशिक्षण केन्द्रको स्थापना गरेर आवश्यक जनशक्ति त्यहाँबाट आपूर्ति गर्ने व्यावस्था भए उद्योग प्रतिष्ठानहरूलाई सहज हुने बताउनुभयो ।
संघका बरिष्ठ उपाध्यक्ष तथा रोजगारदाता समितिका सभापति हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव राजपाल, प्रवर्द्धन केन्द्रका कर्मचारी तथा उद्योगी व्यावसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गर्नुभएको थियो ।