• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

व्यावसाय परिवर्तन गर्दै नयाँ पुस्ता

नयाँ व्यावसायमा नयाँ पुस्ता

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर ३०, शनिबार ०७:५८ गते
व्यावसाय परिवर्तन गर्दै नयाँ पुस्ता

नयाँ युवा व्यावसायीहरुले सञ्चालन गरेको वीरगन्ज वर्ल्ड वण्डर्स

7
SHARES
76
VIEWS

वीरगन्ज । समय गतीशील छ । परिवर्तन भईरहन्छ । पुरानो शैली परिवर्तन गरेर अत्याधुनिक प्रविधिबाट हिजो घण्टौं लाग्ने काम क्षणभरमै गर्नुपर्ने बेला आएको छ । यसैले पनि अहिलेको समयको गति अलि द्रूत छ । परिवर्तित समयको गतिसँगै हिड्ने अहिलेको पुस्ताले व्यावसायिक क्षेत्रमा पनि नयाँ व्यावसायलाई अगाडि बढाउन थालेका छन् ।

समयको मागसँगै हुने नेतृत्व हस्तान्तरणको आवश्यकता राजनीतिमा मात्र होइन, नेपाली उद्योग–व्यवसायमा पनि उत्तिकै छ । त्यसैले पनि नेपालका औद्योगिक घरानाका नयाँ पुस्ता अहिले नयाँ व्यवसायका साथ अगाडि बढी रहेका छन् । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा बर्षौदेखि पुुस्तैनी व्यावसाय गर्ने परिवारका नयाँ सदस्यहरु अहिले आफ्ना बाबुबाजेले गर्ने उद्योग व्यावसाय भन्दा फरकशैलीमा नयाँ व्यावसाय शुरुवात गर्दै अगाडि बढेका छन् ।

ADVERTISEMENT

नयाँ व्यावसायसँगै अगाडि बढेका नयाँ पुस्ता मध्य केडिया समूहका युवा शौरभ केडिया एक हुन् । उनी वीरगन्जमा साहसिक खेल सहितको मनोरञ्जन पार्कमा लगानी गरेर नयाँ व्यावसाय शुरुवात गरेका छन् । उनी सहित शालिमार समूहका अशोक वैदका छोरा हेमन्त वैद लगायत चार पाँचजना मिलेर वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा बाईपासमा वल्र्ड वण्डर्स वीरगन्ज नामको साहसिक खेल सहितको मनोरञ्जन पार्क खोलेका छन् ।

करिब ८ करोडको लगानीमा उनीहरुले २०७९ साल फागुनमा शुरु वल्र्ड वण्डर्स मनोरञ्जन पार्क उनीहरुले शुरु गरेका हुन् । सबैजना बाहिर जादैन । आफ्नो ठाउँमा आफ्नो परिवासँग समय बिताउने मनोरञ्जन गर्ने पनि हुन्छन् । आफ्नो परिवारहरु पनि बाहिर नगएर यहि रमाईलो गर्ने वातावरण बनाउन सकेमा आफ्नै जन्म थलोको विकास हुने र पर्यटकीय क्षेत्रको विकास पनि गर्न सकिने भएकोले साथीहरु मिलेर नयाँ व्यावसायमा हात हालेको शौरभ केडिया बताउछन् ।

उनको बुझाईमा अहिलेको स्थितिमा नेपालमा जुनसुकै व्यावसाय पनि चूनौतीपूर्ण नै छ । तरपनि उनीहरुले शुरु गरेको व्यावसाय अहिले वीरगन्ज सहरको लागि र देशको लागि पनि संभावना प्रचुर रहेको छ । साहसिक मनोरञ्जन सहितको यस्तो खालको व्यावसाय परिवारिक वातावरणमा बालबालिकाहरुको लागि आवश्यकता रहेको उनी बताउछन् । अर्को आर्थिक र औद्योगिक राजधानी भनेर चिनिने वीरगन्जमा पर्यटकीय क्षेत्रहरु केही पनि नरहेकोले पर्यटकीय दृष्टिकोणले पनि संभावना प्रचुर रहेको केडिया भन्छन् ।

सञ्चालनको प्रारम्भमा खासै चुनौतीहरु नदेखिएको साथै वीरगन्ज लगायत मधेस प्रदेशमै यस्ता साहसिक खेल र मनोरञ्जन पार्कहरुको अभाव रहेकोले पनि अहिले उनीहरुले गरेको व्यावसायको सम्भावना अधिक रहेको उनले बताए । विभिन्न साहसिक खेल सहितको मनोरञ्जन पार्क खुलेको छ भन्ने भएपनि भने जस्तो प्रचार प्रसार अझै गर्न बाँकी रहेको छ ।

प्रचार प्रसार व्यापक भएर राज्यको तर्फबाट पनि यस्ता पर्यटक आकर्षण गर्ने साहसिक मनोरञ्जनका पार्कहरुलाई प्याकेज सहितको सहुलियत पाएमा अझ पर्यटनको विकास हुने र अर्थतन्त्रलाई पनि टेवा पुग्ने व्यावसायीहरु ब्ताउछन् । वल्र्ड वण्डर्स मनोरञ्जनक पार्कमा आउनेहरुबाट सकारात्मक सुझावहरु प्नि आएको र त्यसले उनीहरुलाई अझ उर्जा पनि थपेको छ । त्यसले उनीहरुले गरेको लगानीको प्रतिफल आउला भन्नेमा विश्वस्त छन् ।

बर्षौदेखि पहिलो पुस्ता दोश्रो पुस्ताको व्यावसायमा अल्झिरहेका नयाँ पुस्ता आफै एक्सपोजर हुन पाउँदा पनि निकै उत्साहित देखिन्छन् । बाहिर पढ्न गएर नयाँ नयाँ सीप र ज्ञान सहित नयाँ व्यावसाय शुरु गरेका छन् । धेरै मान्छेहरु घुम्नको लागि र साहसिक खेलहरु खेल्न र मनोरञ्जन गर्न बाहिर जाने गर्दा उनीहरुलाई यहि आफ्नै ठाउँमा बाहिरको रमाईलो अनुभव गराउन पाए परिवार नै लिएर बाहिर जानु नपर्ने गरी साहसिक खेलहरु सहितको मनोरञ्जनात्मक पार्कहरु हुनुपर्छ भन्ने लागेर नै यो व्यावसायमा लागेको उनीहरु बताउछन् ।

Advertisment Advertisment Advertisment

उनीहरुलाई नेपालको स्थिति बारेमा पनि राम्रै थाहा छ । याहँको अर्थ व्यावस्था कारण उद्योगी व्यावसायीहरु कसरी पलायन हुदैछ छन् भन्नेमा पनि जानकार नै छन् । तर, पनि देशमै भित्रै बसेर केही गरौं भन्ने सोचका कारणले आफ्नै ठाउँमा पूराना व्यावसायलाई निरन्तरता दिनु भन्दा नयाँ व्यावसायबाट केही नयाँ परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि लगानी गरेको उनीहरुको भनाई छ ।

पर्यटन क्षेत्रको लागि भर्जिन स्थलको रुपमा रहेको मधेश प्रदेशमा धेरै धार्मिक तथा ऐतिहासिक क्षेत्रहरु छन् । यहाँका ती धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको विकास गर्ने सकेमा आन्तरिक र बाह्य पर्यटनका लागि पनि यहाँ राम्रो गर्न सकिन्छ । यहाँ रहेका प्राकृतिक, धार्मिक र ऐतिहासिक क्षेत्रहरुमा राज्यले पनि लगानी गर्नुपर्ने र त्यसबाट सृजना भएका अवसरहरु कसरी सदुपयोग गर्ने भन्नेमा नयाँ पुस्तासँग धेरै भिजनहरु रहेको युवा व्यावसायीहरुको भनाई छ ।

पर्यटन क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारहरुबाट कसरी समन्वय गरेर फाईदा सकिन्छ भन्ने विषयमा समन्वयात्मक भूमिकाको आवश्यक उनीहरुले औंल्याएका छन् । सरकारले एउटा कम्प्लिट प्याकेजको रुपमा पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउनुपर्ने र राज्यबाट सहयोग पाउने अपेक्षा पनि उनीहरुले गरेका छन् ।

Previous Post

नयाँ पुस्ताका पियुष चाचान नयाँ व्यावसायमा

Next Post

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण सम्बन्धी अभिमूखीकरण सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In