• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नयाँ पुस्ताका पियुष चाचान नयाँ व्यावसायमा

व्यावसायमा नयाँ पुस्ता

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर ३०, शनिबार ०७:१५ गते
नयाँ पुस्ताका पियुष चाचान नयाँ व्यावसायमा

पियुष चाचानले सञ्चालन गरेको वीरगन्ज एडभान्चर्स प्रा.लि.(थ्रिल फ्याक्ट्री)

4
SHARES
47
VIEWS

वीरगन्ज ।  पियुस चाचान चाचान समूहमा तेश्रो पुस्ताका युवा व्यावसायी हुन् । उनले आफ्नो पुर्खाको व्यावसाय भन्दा फरक व्यावसाय रोजेका छन् । बाबु बाजेले गर्दै आएको दाल, चामल लगायतका खाद्य वस्तुको उत्पादन गर्दै आएको उद्योगमा नै उनले वाटर पार्क र विभिन्न खेल सामग्री सहितको मनोरञ्जन पार्क खोलेका छन् ।

कक्षा १ देखि नै भारतमा अध्ययन गर्दै आएका पियुस एमबिएको अध्ययन पूरा गरेपछि नेपाल फर्किएका हुन् । नेपाल फर्किएर उनले बाबु बाजेले गर्दै आएको उद्योग व्यावसाय सम्हाल्न छोडेर आफैले नयाँ शुरु गरेका हुन् । वीरगन्ज पथलैया औद्योगिक करिडोरको परवानीपुरमा उनले वीरगन्ज एडभान्चर्स प्रा.लि.थ्रिल फ्याक्ट्री) को नामले साहसिक मनोरञ्जनको व्यावसाय शुरु गरे ।

ADVERTISEMENT

उनले २०७७ साल असोज २० गते एडभान्चर्स पार्क सञ्चालनमा ल्याएका छन् । २० करोड लगानीमा औद्योगिक करिडोरमा सञ्चालनमा आएको मनोरञ्जन पार्क खोल्नुको उद्देश्य सधै पूरानो व्यापार व्यावसाय भन्दा फरक व्यावसाय गरेर नेपालमै पनि सम्भावनाहरु छन् भन्ने सन्देश दिन खोजेका छन् ।

उनका बाबु बाजेले गर्दै आएको व्यापार व्यावसाय भन्दा केही फरक किसिमको व्यावसायमा उनले हात हालेका छन् । पुर्खाले गर्दै आएको व्यापार व्यवासायमै समय बिताउनु भन्दा आफूले बाहिर पढेर सिकेर आएको नयाँ सीप र क्षमतालाई समयको माग अनुसार प्रयोग गर्नका लागि आफूले उक्त व्यावसायलाई रोजेको चाचान बताउछन् ।

उद्योगहरु त पहिलेदेखि नै चल्दै आएकोले नयाँ पुस्ताले पढेर आएपछि पूरानै व्यावसायमा हात हाल्नु हुदैन पूरानो तरिकाको व्यावसाय युवाहरुले समहालन पनि गाह्रो हुन्छ भनेर नै पियुषले आफ्नो पुख्र्यौली व्यावसायलाई रोज्न चाहेनन् । पूरानो उद्योग व्यवासायहरु च्लिरहेकै छन् । त्यसमा कहिले मजदुरको समस्या कहिले बैंकको समस्या कहिले के समस्या आईरहने भएरपनि नयाँ पुस्ताले मजदुरहरुसँग डिल गर्न झण्झट मानेर बेग्लै व्यासाय शुरुवात गरेको बताउछन् ।

नयाँ व्यवासायको शुरुवातमा खासै नचलेपनि यसको आवश्यकता विस्तारै बढ्दै जानेमा उनी ढुक्क छन् । अहिले शुरुवातमा केही समस्याहरु आएपनि धैर्यता राख्नुपर्ने उनी बताउछन् । अहिले बजारमा पैसाको अभाव भएर केही चुनौतीहरु भएपनि सम्भावना भने प्रचुर रहेको उनको भनाई छ । सबैलाई डर त छ पैसा डुब्ने हो कि भन्ने तर यहाँ धेरै विकासहरु पनि भएका छन् ।

पियुसको बुझाईमा वीरगन्जमा अझै धेरै परिवर्तन हुन बाँकी छ । शिक्षा, स्वास्थ्य लगायतका विकास विस्तारै हुदैछ । अशिक्षाका कारण अलिकति पछाडि परेको छ । त्यसैले वीरगन्जको विकास अब नयाँ पुस्ताले नै गनुृपर्ने भएर पनि बाहिर पढेर पनि नेपालमै आएर नयाँ व्यावसायमा हात हालेको पिउस जस्ता नयाँ युवा उद्यमीको बुझाई छ ।

परवानीपुरमा रहेको थ्रिल फ्याक्ट्री

उनले सञ्चालनमा ल्याएको मनोरञ्जन पार्कमा पनि अहिले मुख्य समस्या भनेको मेशिनहरु बिग्रिएमा चाहिँ समस्या हुने गरेको छ । सबै सामान भारतबाट ल्याउनुपर्ने भएको र भन्सार पनि झण्झटिलो हुने गरेको छ । त्यस बाहेका अन्य समस्या खासै उनले बेहोर्नु परेको छैन । देशको अवस्थाबाट निराश हुदै गएका युवाको भन्दा फरक सोच पियुषमा छ ।

केही गर्ने अठोट लिएपछि धैर्यता राख्नुपर्छ भन्ने सोचका व्यक्ति हुन् । धेरै युवाहरु रोजगारीको लागि विदेशिएका छन् । उनी रहर भन्दा पनि बाध्यताले बाहिर गएको हुँदा उनीहरुलाई नेपालमै रोक्ने खालको उद्यम व्यावासयहरुको विकास गर्नुपर्ने आवश्यकता औल्याछन् । उनी आफै बाहिर पढ्न गएपनि फर्किएर आएपछि वीरगन्ज केही गर्नुपर्छ भन्ने सोचले व्यावसाय शुरु गरेको उनी भन्ने गर्छन् ।

Advertisment Advertisment Advertisment

उनीहरु जस्ता युवाहरुले नगरे वीरगन्जको विकास कसले गर्ला भनेर उनी प्रश्न पनि गर्छन् । हरेक क्षेत्रमा शुरुमा जोखिम मोलेर नै काम गर्नुपर्ने भएकोले पियुषले सञ्चालनमा ल्याएको नयाँ व्यवासायमा पनि चुनौतीहरु देख्छन् । तर, शुरुवातको ६/७ महिना अत्यन्त सन्तोषजनक रहेकोले पनि अब आउने दिनमा मनोरञ्जनका लागि आउने दर्शकहरुको संख्या बढ्ने विश्वास पियुषको छ ।

उन आशावादी स्वभावका युवा हुन् । उनी सबै कुरा खत्तमै भयो बिग्रियो भन्ने पक्षमा छैनन् । उनले सञ्चालनमा ल्याएको मनोरञ्जनात्मक वाटर पार्कमा चारजना प्रशिक्षक र कर्मचारी गरी ३० जनाले रोजगारी पाएका छन् । दुईजना भारतीय र दुईजना नेपाली प्रशिक्षक पार्कमा अहिले राखिएको छ । अहिले सबै क्षेत्रमा जोखिम उस्तै रहेकोले पनि जोखिम मोलेर भएपनि उच्च मानोबलका साथ पियुषले काम गरिरहेका छन् ।

नयाँ पुस्ताले धेरै तनावपूर्ण कामहरु गर्न नचाहेर पनि अहिले नयाँ व्यावसायमा उनीहरुको प्रवेश बढेको छ । व्यापार व्यावसायमा बाबु बाजेले भोगेका तनाव नयाँ पुस्ताले भोग्न नपरोस भनेर पनि नयाँ र केही फरक पनका लागि नयाँ व्यावसायहरु खोजी गर्दै नयाँ पुस्ताले लगानी गरिरहेका छन् । नयाँ पुस्ताको उद्योग व्यावसायमा प्रवेश र लगानी विश्व परिवेशमा देखिएका नयाँ प्रविधि र विकासको सोचमा भएको देखिन्छ ।

नयाँ पुस्ताले खोज्ने र रुचाउने खालको व्यावसायहरुमा नै उनीहरु लगानी गर्न चाहन्छन् । अहिलेको आर्थिक अवस्थाको बारेमा युवा पुस्ताहरु पनि जानकार छन् । विश्वको अर्थतन्त्र नै असन्तुलित भएको अवस्थामा नेपालमा पनि केही समस्या देखिनु स्वभाविक रहेको र सरकारले पनि काम गरिरहेकोले परिवर्तन हुनेमा आशावादी पनि छन् ।

देशको विकास र समृद्धिका लागि युवाको पलायन रोक्नुपर्ने र नेपालमै बसेर काम गर्ने वातावरण सृजना गर्नुपर्ने नयाँ पुस्ताको सुझाव छ । स्वदेशमै काम गर्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने, युवा पलायन गरेर देशको विकास र समृद्धि नहुने युवा उद्यमीहरु तर्क गर्छन् । देशको विकास नहुनुमा कुनै एक पक्ष मात्रै दोषी नभई सबैको दोष रहेको देख्छन् ।

कसैले कसैलाई दोषारोपण गरेर भन्दा पनि सबैले हातेमालो गरेर विकास र समृद्धिलाई अगाडि बढाउन र देश विकास गर्न युवाहरुले हौसला खोजेका छन् । राज्यले बैंक ब्याजदरमा सहजता गरिदिने र भूमिको व्यावस्था गरिदिए युवा उद्यमीहरुको मनोबल पनि बढ्ने आर्थिक विकासमा पनि टेवा पुग्ने पियुष जस्तै युवा उद्यमीहरुलाई लागेको छ ।

 

Previous Post

संघर्षले उद्यमी बनेका हरि पन्त  

Next Post

व्यावसाय परिवर्तन गर्दै नयाँ पुस्ता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In