वीरगन्ज । एक सफल उद्यमी बन्ने सबैले सपना देखेकै हुन्छन् होला ! तर, नेपाली समाजमा आफ्नै संघर्षले सफल उद्यमी बन्नेहरु कमै मात्र भेटिन्छन् ।
अझ आफ्नो संरक्षण गर्ने अभिभावकको माया, भरोसा र साथ बिना पनि सफल बन्ने व्यक्तिहरु झन कम भेटिएलान् ! आफ्नो जन्मथलो छोडेर आफ्नै संघर्षबाट व्यावसाय गरी उद्यमी बन्न पनि त्यति सहज छैन । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा उद्यमी बन्न बाहिरबाट सोच्न सहज छ । तर, संघर्षको पाटो निकै कठिन छ ।
यस्तै कठि संघर्षबाट नव उद्यमी बन्न सफल भएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि) । २०३६ असोज १४ गते पीता डिल्लराम पन्त र माता गोमा पन्तको कोखबाट सर्लाही जिल्लाको त्रिभुवन राजमार्ग नजिकै बाशा टोल जन्मिएका हरि पन्तले २/३ बर्षकै उमेरमा आफ्नो बाबु गुमाए । बाबुको मृत्युपछि आमा बसाइँसराई गरेर रौतहट आईन् ।
आमासँगै रौतहट आएपछि पन्तले प्रारम्भिक शिक्षा त्यहिबाट शुरु गरे । आमाको एक्लो संघर्षमा हुर्किएका पन्तले आफूले पनि संघर्ष गर्नुपर्ला भन्ने सोचेका पनि थिएनन् होला । सानैमा बाबु गुमाएका पन्तले चन्द्रपुर २ बाट माध्यमिक तहको शिक्षा पुरा गरे । २०५३ मा एसएलसी दिएका पन्त नतिजा सार्वजनिक नहुदै उच्च शिक्षाको लागि बीरगंज आए ।
उ बेला बिरगंजको ठाकुरराम बहुमुखी क्याम्पस मधेसकै नाम चलेको क्याम्पस थियो । त्रिभुवन विश्व विद्यालय भन्दा पनि जेठो क्याम्पस ठाकुराममा पढेका व्यक्तिहरु देशका प्रधानमन्त्री, प्रधानन्याधीशदेखि, मन्त्री र उच्च ओहोदामा पुगेका छन् ।
त्यतिबेला एसएलसीलाई फलामे ढोका भनेर भन्ने गरिन्थ्यो । त्यहि फलामे ढोका उनी सहजै पार गर्छन् भन्नेमा ढुक्क थिए पन्त । त्यसैले पनि एसएलसीको नतिजा सार्वजनिक नहुदै आफूल उत्तीण हुन्छु भन्ने उच्च आत्मविश्वासका साथ वीरगन्जमा उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर वीरगन्ज आए । अध्ययनका लागि आएका पन्तले वीरगन्जलाई नै आफ्नो कार्यक्षेत्र मात्रै बनाएनन् ।
उनले वीरगन्जमा गरेको संघर्ष र मेहेनतले वीरगन्जमै स्थापित बनायो र महानगरको स्थायी बासिन्दा भए । उनी न कुनै धनाढ्य परिवारका सन्तान थिए । न कुनै उच्च कूल घरानाका सम्पन्न परिवारका छोरा थिए । उनी एक्ली आमाको संघर्षमय जीवनसँग पौठेजोरी खेल्दै हुर्काएको आमाको जीवनको उत्तराद्र्धको एक आशा र भरोसाको खम्बा थिए । उनको आमाले गरेको संघर्षबाट पनि उनले आफूलाई भित्री आत्मामा बलियो बन्नुपर्छ भन्ने पाठ सिकेका थिए ।
उनी आफ्नै देशमा केही गर्नु पर्छ भन्ने विचारबाट सानैदेखि प्रेरित थिए । त्यसैले उनले देशबाट बाहिर जाने सोच पनि पटक्कै बनाएनन् । आफुले सके सम्म धेर थोर जति सकिन्छ स्वदेशमै गर्ने र सके रोजगारी सृजना गरेर थोरै भए पनि श्रम बेच्न बिदेश जाने नेपालीहरुलाइ रोक्नुपर्छ भन्ने मान्यता राख्ने पन्तले संघर्षकै सुरुवाती चरणमा कुरियर पेशामा आवद्ध भए ।
उनको व्यावसायिक जीवन त्यहिबाट शुरु भयो । कुरियरको व्यावसाय गर्दा समेत उनले १९ जनालाई रोजगारी दिएका थिए । उनको व्यावसायले विश्वसनीयता कमाउदै गएपछि बिस्तारै उनले व्यवासायलाई विस्तार गर्ने उद्देश्यले राजधानी काठमाडौमा पनि एक नाम चलेको कुरियर कम्पनी नै किनेर चलाए । उनले त्यति बेला उनले ३५ जनालाई रोजगारी दिलाएका थिए । कुरियारको व्यावसाय गर्दै गर्दा उनले वीरगन्जमै होटल व्यवासयमा पनि हात हाले ।
उनले वीरगन्जमा क्लासिक होटल र कन्ट्री इन होटल गरि २ ओटा होटल संचालनमा ल्याए । क्लासिक होटल र कन्ट्री इन होटल सञ्चालन गरेर व्यावसाय विस्तार गरेका पन्तलाई कुरिया व्यवसायमा आधा समय वीरगन्ज र आधा समय काठमाडौ गर्दा दुबै तर्फको ब्यापारमा समय व्यावस्थापन गर्न समस्या हुने देखियो । समय व्यावस्थापन गर्न नसक्दा व्यावसायमा नै क्षति पुग्ने देखेपछि उनले काठमाडौमा निकै विश्वसनीयता कमाई सकेको कुरियर कम्पनी आफ्नो ब्यपारिक साझेदारलाई सम्पूर्ण सेयर बिक्री गरेर वीरगन्जमै बस्ने निधो गरे । होटल छदै थियो अन्य व्यावसाय पनि सञ्चालन गर्ने सोचले वीरगन्ज फर्किए ।
उनको व्यावसायिक यात्रा यतिमा मात्रै रोकिएन । सेवामुलक कुरियर व्यावसाय र होटल व्यावसायमा लगानी बढाई सकेका उनलाई मनोरञ्जन क्षेत्रमा पनि हात हाल्ने हुटहुटी जाग्यो । सानैदेखि नाटक तथा कथाको कल्पनाकार उनले वीरगन्ज दुईवटा नेपाली चलचित्र पनि निर्माण गरे । उनले ‘राजनीति’ र ‘मेला’ नामको २ ओटा नेपाली कथानक चलचित्र समेत निर्माण गरे ।
भारतीय चलचित्रहरुले प्रभाव जमाईसकेको नेपाली चलचित्र बजारमा नेपाली चलचित्रहरु जतिसुकै उत्कृष्ट बनाएपनि भारतीय चलचित्रले जति बजार पाउन सहज थिएन । तथापी उनले निर्माण गरेको चलचित्र ‘मेला’ निकै लोकप्रिय भयो । उनले निर्माण गरेको चलचित्र मेलामा नेपालमा सामान्तवादीहरुको शोषणले नै क्रान्तिलाई जन्म दिएको सन्देश दिने खालको केही दृश्यहरु पनि समावेश गरिएको थियो । मेला चलचित्रको
‘परिचय पाउन त नानीको कर्के नजर लाएर जानेको, चञ्चले भो मन !
लान्छु तिमलाई डोलीलाई चढाई जान्न नभन है जान्न नभन !!
भन्ने गीत निकै चर्चित बनेको छ । पन्त व्यावसायमा दूरदृष्टि राख्ने व्यक्ति भएकोले वीरगन्जमा बसेर काठमाडौ केन्द्रित नेपाली चलचित्र बनाउन व्यावसायिक रुपमा असम्भव हुने उनले देखे ।
वीरगन्ज औद्योगिक तथा आर्थिक सहर भएपनि त्यतिखेर सबै सेवा सुविधा काठमाडौं केन्द्रीत थिए । त्यसैले एउटा फिल्म निर्माण गर्दा करिब २ महिना काठमाडौ बस्नु पर्ने फेरि डबिङ गर्दा करिब करिब १५÷२० दिन काठमाडौ बस्नु पर्ने अवस्था थियो । त्यसपछि चलचित्रको प्रमोसन लगायत सबै काममा काठमाडौ केन्द्रित हुनुपर्दा बिरगंजको व्यावसाय प्रभावित हुने भएपछि उनले चलचित्र निर्माणबाट भने टाढिएका छन् । उनले अहिले वीरगन्जमै सेवामूलक होटल तथा पर्यटन क्षेत्रमा लगानीहरु विस्तार गर्दैछन् ।
उनले सञ्चालन गरेको होटलहरुमा अहिले पनि ३०/३५ जनालाइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन । उनी वीरगन्जमा उदीयमान युवा उद्यमीको रुपमा स्थापित हुदैछन् । उनी आफू होटल व्यावसायी मात्रै बनेन् वीरगन्जमा सञ्चालनमा रहेका होटलहरुलाई संगठित गरेर होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्ज पर्साको नेतृत्व गरेको दुई कार्यकाल भईसक्यो ।
पन्त अहिले होटल व्यवासायी महासंघको केन्द्रीय सचिवको भूमिकामा पनि छन् । उनी अहिले उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एबम होटल पर्यटन समितिका उपसंयोजक समेत छन् । समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका उनी सामुदायिक रेडियो नारायणी एफ.एमका आजीवन सदस्य बनेर सञ्चार उद्यममा समेत आवद्ध भएका छन् ।
उनले होटल तथा पर्यटन व्यावसायको विकास र प्रवद्र्धनका लागि धेरै सक्रिय रहेका छन् । कोरोना महामारीमा सम्पूर्ण होटलहरु बन्द भएको अवस्थामा पनि होटलमा आईशोलेसन बनाएर कोभिड संक्रमितहरुलाई उपचार गरी निको पारेर घर पठाएर उदाहरणीय काम गरेका थिए । कोभिड महामारीले सीमानाका बन्द भएपछि भारतीय पर्यटक नेपाल आउन नपाउँदा वीरगन्जका होटलहरुले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको थियो ।
तरपनि उनमा व्यावसायबाट निराश कहिल्यै भएनन् । उल्टै कोभिडमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई होटलमा राखेर सेवा उपलब्ध गराएका थिए । एक व्यावसायीले आफ्नो ज्यान र व्यावसाय नै जोखिममा राखेर अरुको ज्यानको रक्षाका लागि अहोरात्र खटिएका पन्त वीरगन्जको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि दिलो ज्यानले लाग्ने व्यक्ति हुन् ।
उनको कुनै काममा लागेपछि त्यसलाई पार नलगाएसम्म निरन्तर लागिरहने बानीले नै अहिले उनलाई एक सफल र उदीयमान उद्यमीको रुपमा स्थापित गरेको छ । उनको व्यावसाय पनि विस्तार हुने क्रममा छ । सेवामूलक व्यावसायबाट वीरगन्जमा एक सफल र उदीयमान उद्यमी बन्न सकिन्छ भन्ने उदारण नै बनेका छन् हरि पन्त ।
वीरगन्जमा रहेका औद्योगिक तथा व्यावसायिक घरानाहरुबीचको प्रतिस्पर्धा पनि एक सामान्य परिवारमा जन्मिएर अभिभावकको समेत साथ र सहयोगको अभावमा आफ्नै संघर्षबाट होटल तथा पर्यटन व्यावसायको क्षेत्रमा स्थापित हुदै नव उद्यमीको रुपमा आफूलाई चिनाउनु पन्तका लागि कम चुनौतीपूर्ण दिनहरु नभएका होईनन् । उनले देखाएको सहनशीलता, धैर्यता र उनले गरेको मेहेनतले आज एक उदीयमान उद्यमी बन्न सक्नु नै जीवनको ठूलो सफलता र उपलब्धी हो ।
उनी आफू मात्रै व्यावसाय गर्ने भन्दापनि अरुलाई पनि व्यवसायमा लाग्न उत्तिकै हौसला र प्रोत्साहन गर्छन् । उनले पाएको सफलता र उपलब्धी कै कारणले होटलमा लगानी गर्न चाहने कुनै व्यावसायीले पनि उनीसँग परामर्श गर्ने गरेका छन् । उनले लगानीका सम्भावना र व्यावसायको सफलताको बारेमा परामर्श लिनेहरुलाई पनि व्यावसाय गर्ने प्रोत्साहन र रोजगारीको सृजना गर्न प्रेरित गर्ने गरेका छन् ।
व्यावसाय प्रवद्र्धन र विकास तथा उद्यमशिलताको विकासका लागि जे गर्न पनि पछि नहट्ने पन्त र उनी नेतृत्वको होटल तथा पर्यटन व्यावसायी संघको सहयोगले वीरगन्जमा पहिलो पटक ऐतिहासिक ‘स्वर्णिम चलचित्र महोत्सव’ को पनि आयोजना गर्न सफल भएका थिए । उक्त चलचित्र महोत्सवको आयोजनाले धेरै नेपाली कलाकारहरुले मधेस र वीरगन्जलाई बुझ्न पाएका थिए ।
मधेसमा नपुगेको नेपाली चलचित्रहरुले बजार पाएका थिए । होटल तथा पर्यटन व्यावसाय क्षेत्रमा पन्तको नेतृत्व, सक्रियता र उनीहरुको संगठनिक गतिविधिले पनि वीरगन्जमा पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ । पर्यटकीय सम्भावना बोकेका पर्साको पर्सागढी, ठोरी लगायतका स्थानाहरु विभिन्न पर्यटकीय गतिविधिहरु समेत गरेर पर्यटन प्रवद्र्धन अग्रसर भएका छन् ।