• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेसमा सबैभन्दा धेरै साढे २१ हजार भन्दा धेरै अनुचित लेनदेन(मिटरब्याज) मुद्दा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर २७, बुधबार १०:१६ गते
मधेसमा सबैभन्दा धेरै साढे २१ हजार भन्दा धेरै अनुचित लेनदेन(मिटरब्याज) मुद्दा
1
SHARES
12
VIEWS

वीरगन्ज । मधेश प्रदेशमा सबैभन्दा धेरै अनुचित लेनदेन(मिटरब्याज) का मुद्दा परेका छन् । मधेस प्रदेशका ८ जिल्लाबाट २१ हजार ५५२ र पश्चिम नवलपरासीबाट १ हजार ८६२ निवेदन परेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले जनाएको छ । आयोगका अनुसार यसबीच २१८ बिघा, १० कठ्ठा, ७ धुर जग्गा साहुबाट पीडितलाई फिर्ता गराइएको छ ।

पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँको लिखत कारोबार भएको तर साहुहरूले ७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ असुल हुन बाँकी रहेको भनेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँको कारोबार दुवै पक्षको सहमतिमा टुँगिएको छ । कुल निवेदनमध्ये ५ हजार १८८ निवेदन मिलापत्र भएर फर्छ्यौट भएको आयोगले जानकारी दिएको छ ।

ADVERTISEMENT

आयोगले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने क्रममा सार्वजनिक गरिएको हो । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आठ महिनाको अध्ययन र कामपछि आयोगले हिजो प्रतिवेदन बुझाएको हो । आयोगमा झण्डै २८ हजार पीडितहरूले निवेदन दिएका थिए । त्यसमध्ये मिटरब्याजपीडितका मुद्दा सम्बोधनको लागि जिल्ला प्रशासन कार्यालयमार्फत नै काम गर्न सुझाव दिएको छ । यस्तै ऋण लिने दिने व्यवस्थालाई व्यवस्थित बनाउने, सरकारी अनुदानको दुरुपयोग रोक्ने, विपन्नलक्षित कार्यक्रम बनाउने, वैदेशिक रोजगारीमा जानेले लिने ऋणका सन्दर्भमा बैङ्कले नै भुक्तानी दिने गरी व्यवस्था गर्न पनि आयोगको सुझाव छ ।

त्यस्तै स्थानीय रूपमै कोष खडा गर्न, वैदेशिक रोजगारी कोषमा थन्किएको रकम वैदेशिक रोजगारीमा जानेका लागि व्यवस्था गर्न, श्रमिकको बीमा, स्वास्थ्यसहितका व्यवस्था र कार्ड देखाउने बित्तिकै उपचारको व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ । अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले टुंगो लगाउने छन् ।

आयोगको प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री प्रचण्डले यसको कार्यान्वयनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । संसद्मा मिटरब्याज सम्बन्धी कानुन निर्माणपछि कार्यान्वयनमा आइसकेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वैदेशिक रोजगारीमा जाने ९ प्रतिशत कम

Next Post

बाराको सिम्रौगढ तनावग्रस्त, १० प्रहरी घाईते, गोली लागेर एकजना प्रदर्शनकारी घाईते

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In