वीरगन्ज । बाराको चिनी उद्योगमा शून्य मूल्यमा उखु क्रसिङ गर्ने सहमति भएको छ । बाराको उत्तरझिटकैया श्रीपुर स्थित रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि र उखु उत्पादक किसान संघबीच शनिबार बसेको बैठकले विभिन्न ६ बुँदे सहमति सहित उखु क्रसिङ गर्ने निर्णय गरेको हो ।
चिनी उद्योगको कार्यालयमा बसेको बैठकले शुन्य मूल्यमा नै उखु खरिद गरि क्रसिङ गर्ने, सरकारले तोके अनुसारको रेट तुरुन्त भुक्तानी गर्ने, उखुको भुक्तानी चाडो भन्दा चाडो गर्ने, उखु किसानले लिएको ऋणको सम्बन्धमा उखु उत्पादक संघले सहयोग गरी असुल उपर गराउने सहमति भएको छ ।
त्यस्तै उखु उत्पादक संघ बारा र कारखाना व्यावस्थापबीच भएको सहमति अनुसार चलान वितरण गरी कारखानाको सम्पूर्ण काम संचालन गर्ने सहमति गरेको उखु उत्पादक संघले जनाएको छ ।
मंसिर तेश्रो साता बिती सक्दा पनि चिनी उद्योगले उखु क्रसिङ शुरु नगर्दा किसानको उखु खेतमै सुकेर जान थालेको भन्दै किसान चिन्तित हुन थालेका छन् । चिनी उद्योगल उखु क्रसिङ गर्ने भएपछि उखु किसानलाई केही राहत हुने भएको छ ।