वीरगन्ज । वीरगंज महानगरपालिकाको अनुगमन टोलीले महानगर क्षेत्रमा रहेका मदिरा पसलहरुको अनुगमन गरेको छ । उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले शुक्रबार वीरगन्जका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको हो।
खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा खटिएको टोलीले बिहिवार र शुक्रबार गरि २ दिन महानगरका विभिन्न ठाँउमा रहेका मदिरा फर्महरुमा अनुगमन गर्दा अधिकांस ब्यबसाय दर्ता नगरी संचालन भएको पाइएको छ अनुगमन टोलीले जनाएको छ।
बिना दर्ता ब्यबसाय सन्चालन भएका मदिरा ब्यबसायीहरुलाइ सात दिन भित्र महानगरमा ब्यबसाय दर्ता गर्न सचेत गराएर पत्र काटिएको अनुगमन बिपिन कुमार दासले बताउनुभयो ।
अनुगमनको क्रममा बजारमा पाइएका म्याद सकिएका बड्बाइजर बियर, नेपाल आइस लगायतका बियरहरु नष्ट गरिएको अनुगमन टोलीका सदस्य एवं होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बताउनुभयो ।
महानगरमा ब्यबसाय दर्ता नभएका होटल तथा मदिरा व्यावसायीहरुलाई संघले पनि महनगरमा दर्ता हुन छुट्टै सर्कुलर जारी गरिने उहाँले बताउनु भयो । अनुगमनका क्रममा दिपक इम्पेक्स, शिखर इन्टर्प्राजेज, जय जग्दम्बा, रबि ट्रेडर्स, लक्ष्मी स्टोर, साजन स्टोर, अजित इम्पेक्स र रिया एन्ड अदिती लगायतका फर्महरुमा अनुगमन गरिएको थियो ।
त्यसक्रममा कतिपयको फर्म दर्ता नभएको, नवीकरण नभएको, म्याद सकिएको मदिरा बिक्रीका लागि राखिएको तथा म्याद सकिएको क्षेत्र नछुट्टयाएको जस्ता कैफियत भेटिएको अनुगमन अधिकृत दासले बताउनुभयो ।
अनुगमन टोलीमा महानगरका बिपिन कुमार दास, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, उपभोक्ता मन्चका महानगर अध्यक्ष अजित कुमार भुजेल, बिरगंज उद्योग बाणिज्य संघका प्रती निधि मनोज कुमार दास, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य तथा नाप तौल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।