वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा चढेको मुस्ताङ गाडी राष्ट्रिय स्वाभिमानको नमूना भएको बताउनु भएको छ ।
डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले फोटो खिचाएर स्टण्टबाजी गर्नका लागि मात्रै नभएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा एउटा प्रधानमन्त्रीले एक दिन फोटो खिँचाएर थन्क्याउने मात्रै नभई राष्ट्रिय स्वभिमानका लागि चढेको र आफ्नो कार्यकालमा साढे १८ महिना हिमाल–पहाड–तराईसम्म पुगेको उल्लेख गर्नुभएको छ ।
‘मुस्तांग म्याक्स एउटा गाडी मात्र थिएन । समृद्ध नेपाल बनाउने सपना थियो । एउटा प्रधानमन्त्रीले एकदिन फोटो खिंचाएर थन्क्याउने स्टन्टबाजी थिएन । आफ्नो कार्यकालको पूरै साढे अठार महिना नेपालका हिमाल–पहाड–तराई चढेर हिंडेको राष्ट्रिय स्वाभिमानको नमूना थियो । सपना मर्न नदिऊॅ । सपना कुनै दिन विपना बन्छ ।’
मुस्ताङ गाडी चढ्नु समृद्ध नेपाल बनाउने सपना रहेको भन्दै सपनालाई मर्न नदिन पनि अनुरोध गर्नुभएको छ । पूर्व प्रधानमन्त्री डाक्टर भट्टराई एक दिन विपना बन्नेमा विश्वस्त पनि हुनुहुन्छ ।