वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पतालमा भेट्नुभएको छ । स्वास्थ्यमा समस्या भएपछि शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराईरहनु भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान भेट गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री श्रेष्ठलाई भेट्न बिहानै अस्पताल पुग्नु भएको छ । गृहमन्त्री श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । मंगलबार बेलुकी शरीरमा असहज महशुस भएपछि गृहमन्त्री श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था स्थित रहेको अस्पतालले जनाएको छ ।