वीरगन्ज । सामाजिक सञ्जाल शेयरिङ एप टिकटकले नेपालमा दर्ता हुने जनाएको छ । नेपालमा दर्ताका लागि इमेल पठाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रुपमा दर्ता हुन टिकटकले इमेल गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार टिकटकले नेपालमा दर्ता गर्ने आसय राखी इमेल पठाएको छ।
नेपाल सरकारले त्यसलाई प्रतिबन्ध लगाएकाले तत्काल अगाडी नबढाउने बताउदै सुवेदीले सामाजिक सञ्जाल नियमन गर्ने कानुनको मस्यौदा बनिरहेकाले कानुन बनेपछि खुल्न सक्ने बताउनुभयो । सामाजिक सञ्जाल सम्बन्धी निर्देशिकाले नेपालमा ३ महिनाभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक नियमन गर्दै खोल्न सकिने बताउनु भएको थियो ।