• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कन्साई नेरोलेकको सहयोगमा नारायणी अस्पतालमा शिशु स्याहार कक्ष निर्माण हुने 

by
प्रकाशित मिति : २०८० मंसिर १८, सोमबार ०७:१७ गते
कन्साई नेरोलेकको सहयोगमा नारायणी अस्पतालमा शिशु स्याहार कक्ष निर्माण हुने 

त्रीपक्षीय हस्ताक्षरपछि सामूहिक तस्वीर खिचाउदै | तस्वीर : ट्रिब्यून न्युज

2
SHARES
24
VIEWS

वीरगन्ज । नेपालको बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्टले वीरगन्जको नारायणी अस्पतालमा मातृशिशु स्याहार कक्ष स्थापना गरिदिने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट नारायणी अस्पतालमा मातृशिशु स्याहार कक्ष निर्माण गरिदिने भएको हो ।

वीरगन्ज महानगरपालिकाको पहलमा नारायणी अस्पतालमा कम्पनीले मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आईतबार त्रीपक्षीय सम्झौता गरेको छ । मातृशिशु स्याहार कक्ष स्थापना गर्न ३५ देखि ४० लाख लागत लाग्ने अनुमान रहेको कन्साई नेरोलेक पेन्ट्सका निर्देशक अशोक वैदले जानकारी दिनुभयो ।

ADVERTISEMENT

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उद्योग सञ्चालनमा रहेको र नारायणी अस्पताल बारा, पर्सा, रौतहट, सर्लाही, हेटौडा लगायतका बिरामीहरुको उपचार केन्द्र पनि भएको सामाजिक उत्तारदायित्व अन्तर्गतको रकम अस्पतालमा लगाउ उचित लागेर नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण गर्ने निर्णय गरेको वैदले बताउनुभयो ।

कम्पनीले एकदेखि डेढ महिना भित्रमा सबै संरचना पूरा गरेर हस्तान्तरण गरिने वैदले बताउनुभयो । संरचना निर्माणका लागि कम्पनीको तर्फबाट कन्ट्री हेड मनोज मिश्र, नारायणी अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरञ्जन साह र वीरगन्ज महानगरपालिकाको तर्फकाट निमिक्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले हस्ताक्षर गर्नुभएको छ ।

अस्पतालमा शिशु हेरचाह कक्ष स्थापना पछि वीरगन्ज लगायतका आसपास जिल्लाका सबैले सुविधा पाउने वैदले विश्वास व्यक्त गर्नुभयो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरिब बिपन्न नागरिकको उपचार गर्ने एकमात्र भरोसाको केन्द्र नारायणी अस्पताललाई विभिन्न दाताहरुको सहयोगबाट सुविधा सम्पन्न बनाउनका लागि आफूले सक्दो पहलहरु गरिरहेको बताउनुभयो ।

नारायणी अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरञ्जन साहले कन्साई नेरोलेक कम्पनीको सहयोगले अस्पतालमा शिशु स्याहार कक्ष स्थापना भएमा मातृशिशु मृत्यु दर अझ कम हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा बिरामीहरुको चाप बढी रहेको र प्रसुती वार्डमा पनि भीड हुने गर्दा नवजात शिशु र आमालाई विभिन्न संक्रमण हुने जोखिम पनि हुने गरेकोले शिशु हेरचाह कक्ष स्थापनापछि यसले मातृशिशु स्वास्थ्यका लागि सहज हुने बताउनुभयो ।

अस्पतालमा दैनिक ८/९ वटा प्रसुतीको अपरेशन गर्नुपरिरहेको र उनीहरुलाई प्रसुतीपछि राख्ने सुरक्षित स्थानको अभाव भईरहेको अवस्थामा कम्पनीले निर्माण गरिदिने संरचनाले केही राहत पुग्ने डाक्टर साहले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कन्साई नेरोलेक पेन्ट्सका निर्देशक राजकुमार वैद विभिन्न संघ संस्थाका प्रतिनिधि र अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो

Advertisment Advertisment Advertisment

 

 

 

Tags: मुख्य-खबर
Previous Post

सन्चारमन्त्रीद्वारा भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सहयोग हस्तान्तरण

Next Post

डुमरवानामा १९ गतेदेखि भेट्रान फुटबल प्रतियोगिता हुने

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In