काठमाडौं । मुलुककाे अर्थतन्त्र देखिएकाे समस्याकाे पाेका बाेकेर मधेस प्रदशका उद्योगी व्यावसायी काठमाडौंमा पुगेका छन् ।
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशाेक टेमानीकाे नेतृत्वमा नगर जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरू सहितकाे टाेलीले अर्थमन्त्रालय सहित विभिन्न निकायका उच्च अधिकारीहरूसँग भेटघाट र छलफल गरेका छन् ।
हिजाे मधेस प्रदेशकाे बैठक पश्चात उद्योग वाणिज्य महासंघका पदाधिकारी र मधेसबाट गएका टाेलीबीच उद्योग व्यावसायमा देखिएकाे समस्याकाे बारेमा छलफल गरेकाे महासंघ मधेस प्रदेेशका अध्यक्ष अशाेक टेमानीले जानकारी दिनुभयाे ।
अर्थ मन्त्रि डा. प्रकाश शरण महतलाई भेटेर उद्योग ब्यापारसंग सम्बन्धित भन्सार सुधार, आयकर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क तथा क्रेडिट एक्ट संग सम्बन्धित समस्याहरुकाे समाधान गर्सान माग गरेका छन्थ्
भेटघाट तथा छलफलकाे टोलीमा मधेश प्रदेशका कार्यकारिणी सदस्यहरु तथा जिल्ला नगर अध्यक्षहरुको सहभागिता रहेको महासंघका कार्यकारी निर्देशक प्रदीप दत्तले जानकारी दिनुभयाे ।