वीरगन्ज । संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई पुग्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल एयरलाइन्सको विमानबाट दुबई पुग्नुभएको हो । उहाँलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतले विदाइ गरेका थिए ।
बिहीबार र शुक्रबार हुने कोप–२८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि युएई पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड यूएईको ५२ औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।
उहाँले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वान स् जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ? शीर्षकको उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने बताइएको छ।
उहाँले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यतालिका छ।