काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् ।

राताेपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला निवासी हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निकेशले ‘जिन्दगी रक्स´, ‘फाटेको जुत्ता’, ‘चपलीहाइट ३’ फिल्म निर्देशन गरेका छन् । उनीहरूकाे रिसेप्सन पार्टी भने आगामी शनिबार राखिएकाे छ ।