काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच खेल हुँदैछ । दुवैको यस सिजन यो दोस्रो खेल हुनेछ । काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ ।
पहिलो खेल जित्दै ३ अंक जोड्दा सन्तुष्ट देखिए पनि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले टिमको प्रदर्शन भने अपेक्षा गरेअनुसार हुन नसकेको बताउनुभएको थियो । उहाँले उपाधि रक्षा गर्नका लागि अझ राम्रो प्रदर्शन गर्नुपर्ने बताउनुभएको थियो । उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भएको थियो ।