वीरगन्ज । नाइजेरियामा अज्ञात बन्दुकधारी समुहले सय जनालाई अपहरण गरेको छ । अफ्रिकी मुलुक नाइजेरियाको जान्फारा राज्यको एउटा गाउँमा मोटरसाइकलमा आएका हतियारधारी समुहले प्रवेश गरी सय जनालाई अपहरण गरेको बीबीसीले जनाएको छ ।
गाउँलेमाथि कर असुल्र्दै आएको बन्दुकधारी समुहलाई कर नतिरेको निहुँमा उनीहरुलाई अपरहरण गरेको बुझिएको छ ।
नाइजेरियाको जान्फारा राज्यमा बन्दुकधारी नेताको रुपमा रहेका दमना नामका व्यक्तिको नियन्त्रणमा रहेका समुहले उक्त राज्यको अधिकांश क्षेत्रमाथि कब्जा जमाइसकेको छ ।
नाइजेरियामा सुरक्षा सन्यत्र कमजोर बन्दा मौलाइएको विद्रोही समुहका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
नाइजेरियाको उत्तरमा जिहादी विद्रोही समुह र दक्षिणमा पृथकताबादी बिद्रोही समुह हाबी हुँदा किसान, र गोठालाहरु निशानामा पर्ने गरेका छन् ।