कृष्णमाेहन साह
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा गएको शुक्रबाररातिीभएको मोटरसाइकल दुर्घटनामा घाइते भएका मध्ये थप एकजनाको आईतबार बिहान उपचारको क्रममा निधन भएको छ ।
मोटरसाईकल दुर्घटनामा घाईते भई वीरगंजको एलएस न्युरो अस्पतालमा उपचार गराईरहेका जगरनाथपुर गाउँपालिका वडा नम्बर–१ पिपरडाढीका सुर्देव महतोका २२ बषीय छोरा भट्टराई महतोको उपचारका क्रममा निधन भएको हो । जगरनाथपुर गाउँपालिका पिपरडाडीका दुई युवाको मृत्युले पुरै वडा शोकमा डुबेको वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मी साह तेलीले बताउनुभयो ।
घाइते मध्य हरिहर ठाकुरका १६ बर्षीय छोरा प्रेम ठाकुरको एलएस न्यूरो अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो।
गएको शुक्रबार राती ८ः३० बजेको समयमा जगरनाथपुर गाउँपालिकाको पिडारी गुठीबाट बि आर २२ ए बि १५४४ नम्बर को हिरो होण्डा मोटरसाइकलमा चार जना सवार भइ पिपरडाढी आउदै गर्दा जिराभवानी गाउँपालिका वडा नम्बर–३ परसवामा अनियंत्रित भइ बिधुतको पोलमा ठोक्किएर घाईते भएका थिए ।
मोटरसाइकल चालक पिपरडाढीका हरिशन्कर महतोका १८ बर्षीय छोरा प्रदिप महतोको भने सोही दिन घटना स्थलमै मृत्यु भएको थियो ।