• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भारतसँगको व्यापारमा सहजीकरण गर्न औद्योगिक करिडोरका व्यावसायीको माग

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर १०, आईतवार ०७:१३ गते
भारतसँगको व्यापारमा सहजीकरण गर्न औद्योगिक करिडोरका व्यावसायीको माग

नेउवा महासंघ मधेस प्रदेशले आयोजना गरेको स्वागत तथा अन्तरकृयामा सहभागीहरु तस्वीर : ट्रिब्यून न्युज

2
SHARES
27
VIEWS

वीरगन्ज । नेपालको भारतसँगको व्यापारमा देखिएका समस्या समाधान गर्न व्यापार सहजीकरणका लागि वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतलाई बारा पर्सा औद्योगिक करिडोरका व्यावसायीहरुले माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले आयोजना गरेको नवआगन्तुक भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको स्वागत तथा ‘नेपाल भारत व्यापार सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी उद्योगी व्यावसायीहरुले नेपालको ७० प्रतिशत व्यापार भारतसँग रहेको भन्दै व्यापारमा देखिएका केही समस्याहरुको समाधान गरेर नेपाली व्यावसायीहरुलाई थप सेवा उपलब्ध गराए व्यापार थप बढ्ने बताए ।

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं व्यापार समितिका सभापति डा.सुवोध गुप्ताले नेपाल र भारतसँग आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध रहेको बताउदै यसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले नेपाललाई कृषिक्षेत्रको औद्योगिकरण र प्राविधिक सहयोग गरे थप व्यापार बढ्न सक्ने बताउनुभयो ।

अहिले धेरै नेपाली विद्यार्थीहरु भारतमा अध्ययनका लागि गएका र उनीहरुले भारतमा सिकेकका सीप र ज्ञानलाई नेपालमै उपयोग गर्न सके र त्यसका लागि थप प्राविधिक ज्ञान सीप सहयोगहरु आदान प्रदान गर्न सके नेपाल भारतको व्यापारिक साझेदारको रुपमा विकास गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यसको लागि भारतले केही सहुलियत र व्यापारमा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले नेपाल र भारतको सम्बन्धको विषयमा सबै जानकार रहेको र अहिले नेपालमा देखिएको राजनीतिक अस्थिरता र आर्थिक संकटले नेपालका व्यावसायीहरु चिन्तित रहेको भन्दै यसले छिमेकी देश भारतमा पनि असर पर्ने सक्ने भएकोले यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले भारतको विरुद्धमा नेपाली भूमिमा कुनैपनि गतिविधिहरु हुन नदिने प्रतिबद्धता जनाउदै नेपालको व्यापारको विकासमा भारतको महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दुवै देशका सीमाक्षेत्रका व्यावसायीहरुले ह्याप्पी बोर्डरको अवधारणा अगाडि सारेकोले यसलाई साकार बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

भारतसँगको व्यापारमा सम्झौता भए अनुसारको काममा पनि केही समस्याहरु आउने गरेकोले त्यस्ता समस्याहरु फेरी दोहरिन नदिन दुवैतर्फ आपसी समझदारी र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नवआगन्तुक महावाणिज्यदूतले समन्वयकारी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उनीहरुले भारतका अस्पतालहरुमा उपचारका लागि जाँदा कहिलेकाही भारतीय रुपैंयाको सट्टामा डलरमा विनिमय गर्नुपर्ने बाध्यता सृजना गर्ने गरेको भन्दै यसको सहजीकरणका लागि पनि महावाणिज्यदूतसँग आग्रह गरेका छन् ।

भारतीय सीमाक्षेत्रका दरभंगा, पटना, गोरखपुर लगायतका स्थानबाट हवाई सेवा भएपनि वीरगन्जको रक्सोलबाट हवाई सेवा शुरु हुन नसक्दा नेपाली व्यावसायीहरुलाई व्यापारिक कामका लागि भारत जाँदा बढी समय लाग्ने गरेकोले रक्सोलबाट पनि हवाई सेवा सुरु गर्न आग्रह गरे ।

Advertisment Advertisment Advertisment

उनीहरुले रक्सोलबाट दिल्लीसम्मको एउटा छुट्टै द्रूतगतिको रेल सेवा दिनुपर्ने र त्यसमा नेपाली नागरिकहरुलाई लागि छुट तथा सहुलियतको व्यावस्था गर्नुपर्ने पनि माग गरे । कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतको सम्बन्धलाई अझ बलियो बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग र समन्वय रहने आश्वासन दिनुभयो ।

धेरै देशहरुमा बसेर काम गरेको अनुभव भएका मीनाले दुईदेशबीचको अन्योन्याश्रित सम्बन्धलाई कायम राख्नका लागि आफू प्रतिबद्ध रहेको र वीरगन्जको समग्र विकासमा पनि आफ्नो कार्यकालमा समस्या समाधान हुने र सम्बन्ध अझ सुधार हुने बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष प्रदीप केडिया, कोषाध्यक्ष निरज अग्रवाल, कोषाध्क्ष शिवजी कलवार, जीतपुर सिमरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जय साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायत उद्योगी व्यावसायीहरुले बोलेका थिए ।

Tags: मुख्य-खबर
Previous Post

‘अहिलेको प्रमुख चुनौती औषधिजन्य लागूऔषध हो, नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहकार्यको विकल्प छैन’

Next Post

कोशीमा ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In