• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

कर प्रणालीमा सुधार गर्न करदाताको सुझाव, बढी कर तिर्ने करदाता सम्मानित

१२ औं राष्ट्रिय कर दिवस

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर ८, शुक्रबार ०६:४२ गते
2
SHARES
25
VIEWS

वीरगन्ज, ८ मंसिर । नेपालको कर प्रणालीलाई सुधार गरी करमैत्री बनाउनुपर्ने करदाताहरुले सुझाव दिएका छन् । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले आयोजना गरेको कर सप्ताह समापन समारोहमा करदाताहरुले कर प्रणालीलाई सुधार गरी करको दायरा बढाउनुपर्ने माग गरेका हुन् ।

कर भनेको पेलेर जाने हो भन्ने बुझेका छन्, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले भन्नुभयो, ‘कर कार्यालयका कर्मचारीहरुको सेवाग्राहीसँगको व्यवहार सुधार हुनुपर्छ । कर तिर्न आउँदा करदाताहरुले सहज रुपमा कर तिर्ने वातावरण हुन आवश्यक छ ।’

ADVERTISEMENT

गलत व्यक्तिहरुले वीरगन्ज महानगरपालिकाको ३१ का स्थानीय गरिब विपन्नहरूको नागरिकता दूरूपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको तर, करोडौ कर चाहिँ गरिब विपन्नले तिर्नुपर्ने भनेर ताकेता गरिरहेकोमा महानगर प्रमुख सिंहले त्यसको बारेमा सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

कर लिने अधिकारको विषयमा संविधानमा स्पष्ट हुदाहुदै स्थानीय तहको अधिकार क्षेत्र हस्तक्षेप गरेर घरबहाल कर संघ सरकार अन्तर्गतको आन्तरिक राजस्व कार्यालयले लिईरहेको भन्दै घर बहाल कर स्थानीय हले लिनपाउनुपर्ने बताए । देशभरको सबै भन्दा धेरै राजस्व संकलन गर्ने ठाउँ वीरगन्ज भएपनि विकासमा सधै वीरगन्ज नै उपेक्षामा पर्ने गरेको भन्दै सिंहले घर बहालकर महानगरले उठाउन पाएमा अन्य कर नै नलिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले करको सम्बन्धमा कतिपय कुरा नबुझेर कर तिर्नुपर्ने र जरिवाना तिर्नुपर्ने बाध्यताहरु रहेकोले करदाता र करलिने निकायबीच निरन्तर संवाद र छलफल हुनुपर्ने बताउनुभयो । सेवा कार्यालयमा व्यावसायीप्रति सहयोगी भावना हुनुपर्ने बताउदै कसुर गर्ने व्यावसायीलाई जरिवाना र जेल सजायको प्रावधानलाई परिमार्जन गरी आर्थिक जरिवानाको व्यावस्था हुनुपर्ने बताउनुभयो ।

उहँँले कर उठाउने राज्यले प्रमुख प्राथमिकता राख्नुपर्ने बताउदै सरकारी कर लिने निकायहरू बढी हुँदा व्यावसायीहरु त्रसित हुने गरेको बताउनुभयो । नेपालमा भ्याट पूर्ण रुपमा लागू भएपछि अन्य कर हट्छ भनेर सरकारले घोषणा गरेपनि अहिले यथावत रहेको बताउदै उनले अहिले ३६% बाट ३९% समग्र कर पुगेको बताउनुभयो । कर घटाउदा राजस्व बढ्छ भन्ने व्यावसायीहरुको बुझाई भएपनि सरकारले भने त्यसको ठिक उल्टो काम गरेको गुनासो टेमानीको छ ।

मधेस प्रदेशमा ४० हजार करदाता रहेको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष टेमानीले करदाता शिक्षाको र तालिमको आवश्यकता रहेकोले त्यसको व्यावस्था गर्न पनि माग गर्नुभयो । व्यावसाय गर्न एकैपटक धेरै पैसा नहुने र धेरै किसानहरुले कृषि उत्पादनबाट साना पूँजी जम्मा गरेर उद्योगमा लगानी गर्न खोज्दा स्रोत देखाउनुपर्ने प्रावधानले समस्या हुने गरेको टेमानीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किसानहरुको कर पनि काटिएको हुदैन भ्याट पनि हुदैन तर, उनीहरुले जम्मा गरेको पूँजीबाट उद्योग खोल्न खोज्दा स्रोत खुलाउनुपर्ने प्रावधानले उनीहरु लगानीको शुरुवातमै हच्किने गरेको छ । यो नियम व्यवहारिक छैन । यसमा सुधार हुनुपर्छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर नतिरेसम्म राज्य व्यावस्था सञ्चालन नहुने भएकोले नागरिकले कर तिर्ने र शासक छान्ने परम्परदेखि थालनी भएको बताउदै करदाता र कर लिनेबीच दुवैपक्ष इमानदार भए कुनै द्वन्द्व नहुने बताउनुभयो । वीरगन्जमा करदाताहरुसँगको सम्बन्ध राम्रो पाएको राज्यबाट हुने अनुगमनामा पनि कुनै गुनासो नआएकोले यसलाई आफूले सकारात्मक लिएको बताउनुभयो ।

Advertisment Advertisment Advertisment

देशकै सबैभन्दा बढी कर तिर्ने जिल्लाको रूपमा पनि स्थापित भएको बताउदै प्रमुख जिल्ला अधिकारी रेग्मीले अर्थतन्त्र सबल बनाउन करको दायरा बढाउनुपर्ने र लगानीमा पनि नवपर्वतनको आयोजना र क्षेत्रको खोजी हुनुपर्ने साथै दोषारोपण गर्ने प्रवृत्ति भन्दापनि नीतिगत सुधारका लागि आवश्यक छलफल जरुरी रहेको बताउनुभयो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले ‘कच्चा नछोड्नु र जम्मा नजोड्नु’ भन्ने मान्यताबाट कर प्रणाली शुरू भएको बताउदै अहिलेको प्रविधिमैत्री कर प्रणालीसम्म आईपुग्दा करदाता र राज्यबीच समान धारणा हुन नसकेको बताउनुभयो । करदाता र राज्यबीच करको बुझाईमा फरक हुँदा समस्या हुने गरेकोले यसमा दुवैपक्ष स्पष्ट हुनुपर्ने बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष शिवजी कलवारले सहकारीहरुलाई अनुमानित आयकर र अग्रिमकर तिर्नुपर्ने गरिएको व्यावस्थाले सहकारीहरुले प्रोभिजन भनेर राखिएको रकम मौज्दात देखिएमा जरिवाना तिर्नुपर्ने बाध्यता रहेकोले त्यसलाई हटाउन माग गर्नुभयो । सहकारी प्रति केही नकारात्मक प्रचार र तथ्यहरू बाहिर आएको भएपनि सबै सहकारी समान नहुने र सबैलाई एउटै दृष्टिले हेर्न नहुने बताउनुभयो ।

आफै अध्यक्ष रहेको शिवम बचत तथा ऋण सहकारी संस्था कर कार्यालयबाट पहिलो पटक सबैभन्दा बढी कर तिरेको वित्तिय संस्थाको रुपमा पुरस्कृत गरेकोमा खुशी व्यक्त गर्नुभयो। नेपाल चाटर्ड एकाउण्टेन्स एशोसिएसन वीरगन्ज महानगर अध्यक्ष रमेश अग्रवालले कर छली गर्ने र पूरा कर तिर्नेहरु राज्यले पहिचान गर्न नसकेको भन्दै राज्यले यसको पहिचान गरी करप्रणालीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

एकजना बदमासले कर नतिरेर कमाई रहने र अन्य इमान्दार करदाताहरुले भने उस गल्तीको समय भागीदार बन्नुपर्ने कर प्रणाली रहेकोले राम्रा करदाता हतोत्साही हुने गरेको भन्दै कर योग्य आयको स्रोत पनि अन्यायपूर्ण रहेको बताउनुभयो । उहाँले ५०% आयकर र सम्पत्ति करको दायरा भन्दा बाहिर रहेकाले करको दायरा फराकिलो बनाउनु पर्ने सुझाव दिनुभयो ।

१२ औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिकबर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर तिर्ने उद्योग, वित्तिय संस्था र ट्रेडिङ कम्पनीलाई सम्मान गरेको छ । कार्यालयले एक बर्षमा सबैभन्दा बढी कर तिर्ने वित्तिय संस्था शिवम बचत तथा ऋण सहकारी संस्था शिवजी कलवार, व्यापारतर्फ कमला मोहन इण्टरनेशनलका मोहित राजपाल, उद्योगतर्फ राजधानी क्राफ्ट नेपाल प्रालिका प्रतिनिधि प्रशान्त कुमार देवलाई सम्मान गरेको छ । त्यस्तै कर कार्यालयका उत्कृष्ट कर्मचारी रामानन्द यादवलाई पनि सम्मान गरेको कार्यालयका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिनुभयो ।

Tags: कर
Previous Post

नीतिमा कृषि क्रान्तीका कुरा तर, व्यवहार कृषक सधैं पिडित

Next Post

प्रसाईं समूहलाई तीनकुने क्षेत्रमा प्रदर्शन अनुमति छैन : स्थानीय प्रशासन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In