वीरगन्ज । वीरगन्ज भन्सार एकीकृत जाँच चौकी (आईसीपी) बाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा ‘ढाट’ बाट उठाइँदै आएको रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन आउँदा पनि कार्यान्वयन नभएपछि पुनःपर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले तत्काल रोक्न पुनः निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले यसअघि नै यस्तो असुली पूर्ण रूपमा अवैध भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो । तर, स्थानीय तह तथा केही समूहको संलग्नतामा उक्त असुली गरिहेको गुनासो आएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले कडा आपत्ति जनाएका छन् ।
सांसद पन्तले पर्सा प्रमुख जिल्ला अधिकारी भोला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुनः खोल्ने गरिएको पाइएकोले तुरुन्तै यस्तो अवैध असुली बन्द गर्न निर्देशन दिएका छन ।
उनले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे । उनले भने, ‘भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाँट’ को नाममा विभिन्न स्थानमा गुम्ति राखेर उठाइँदै आएको रकम न त संघीय कानुनले मान्यता दिएको छ, न त स्थानीय तहलाई यस्तो कर लगाउने अधिकार नै छ । यो तुरुन्त बन्द हनुपर्छ ।’
भारत तथा तेस्रो मुलुकबाट आयात हुने देशकै प्रमुख आर्थिक राजश्व संकलन गर्ने वीरगंज भन्सार, आईसिपि, ड्राइपोर्ट लगायतबाट प्रत्येक ट्रकससंग वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिले अवैध रकम उठाएर देशकै बेइज्ज्ति गरिरहँदा पनि सम्बन्धि निकाय मौन देखिन्छ ।
व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएपनी यसअघि निर्वाध रूपमा उठाउदै अाएको थियो । ठेक्केदारहरूले वीरगंज भन्सारबाट निस्किने ट्रकहरूबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली हुने गरेको छ । जसले ढुवानी लागत बढाउनुका साथै उपभोक्ता मूल्यमा समेत असर पारिरहेको छ।
सांसद पन्तले यश बिषयमा चासो राख्दै सम्बन्धित निकायलाई आइन्दा अबैध अशुली बन्द गर्न र दोषीमाथि कारबाही गर्न कडा निर्देशन दिएका छन । उनले कानुन विपरीत हुने कुनै पनि प्रकारको असुली सह्य नहुने बताए ।
जबर्जस्ती ट्रक चालकहरूबाट प्रति गाडी ५ सयदेखि १ हजार रुपैयाँ भारतीयसम्म रकम उठाइँदै आएको गुनासो आएपछि सांसद पन्तले प्रधानमन्त्री बालेन शाह समक्ष उक्त बिषय बस्तुको प्रबेश गराएका पछि सरकारले सो विषयलाई सम्बोधन गर्दै अबैध असुली तुरुन्तै बन्द गर्ने निर्देशन दिएको थियोे ।
