वीरगन्ज । पर्साकाे जिराभवानी गाउँपालिकाको वडा नम्बर,१ बलुवामा राति आगलागी भएको छ।
आगलगीमापरी ठुलो परिमाणमा धनमालको क्षति भएको छ। स्थानीय मोटर मुखिया बिनको घरबाट सुरु भएको आगोले घरभित्रका सबै सामग्रीहरु पुर्ण रुपमा जलेर नस्ट भैसकेको छ।
गएराति करिब ११:३० बजेको समयमा घरमा लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट आगो सल्किएको थियो। हावा चलेका कारण क्षणभरमै फैलिएर ठूलाे रूप लिएको हो।
आगलागीबाट दुई दिनअघि मात्र छिमेकी लघुवित्त विकास बैंकबाट घर बनाउन ऋण ल्याइएको ६ लाख रुपैया नगदको साथै आगोमा परेर चार वटा बाख्रा र एउटा गाई जलेर मरेकाे छ ।
घरमा रहेको सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र १२ थान गहना जलेर पूर्ण रूपमा जलेर नष्ट भएको हो।
स्थानीयहरु, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल (बीओपी) महादेवपट्टीको टोली घटनास्थलमा पुगि आगो नियन्त्रणमा आएको थियो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार आगलगिको सम्पुर्ण बिबरण संकलन भैरहेको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
