काठमाडौँ । लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका २४ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले एक साताभित्र सम्पर्कमा आउन कडा निर्देशन दिएको छ। मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका दुईजना प्रहरी सहायक निरीक्षक (असई) र ६ जना हबलदारसहित २४ जनालाई सात दिनको अन्तिम ‘अल्टिमेटम’ दिएको हो।
सूचनामा उल्लेख भएअनुसार, उनीहरू बिना जानकारी लामो समयदेखि सम्पर्कविहीन छन्। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभएमा, उनीहरूलाई प्रहरी नियमावली बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी दिइएको छ।
