वीरगञ्ज । स्थानीय कृषि उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र हाटबजार लिमिटेडका प्रतिनिधिहरूबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। छलफलमा हाटबजार लिमिटेडका केन्द्रीय अध्यक्ष रामराज आचार्यसँग कृषि उपजको वर्तमान अवस्था र यसको बजारीकरणका चुनौती तथा अवसरका बारेमा विस्तृत संवाद भएको थियो।
कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक विकास र स्थानीय किसानका उत्पादनलाई उचित मूल्यमा बजारसम्म लैजान निजी क्षेत्रले खेल्न सक्ने भूमिकाका बारेमा समेत जोड दिइएको थियो।
उक्त छलफल कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव शिवजीप्रसाद शाह, सचिव प्रेमचन्द्र गोयल र सह–कोषाध्यक्ष निरज अग्रवालको समेत सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले कृषि क्षेत्रको सुधारका लागि यस्ता समन्वयकारी छलफलहरूले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
