काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी नयाँ मन्त्रिपरिषद्लाई १८ सदस्यीय बनाउने गृहकार्य थालेको छ। मन्त्रिपरिषद्को आकार सानो र छरितो बनाउन केही मन्त्रालयहरू आपसमा गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विषयमा छलफल भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
उनका अनुसार आगामी चैत १३ गते पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। सोही दिन प्रधानमन्त्रीसँगै सबै मन्त्रीहरूले पनि सामूहिक रूपमा शपथ लिने गरी तयारी अगाडि बढाइएको छ। हाल मन्त्रालयको सङ्ख्या र मन्त्री बन्नेहरूको नामावली टुङ्गो लगाउन पार्टीभित्र तीव्र छलफल भइरहेको छ।
