• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, February 11, 2026
  • Login
  • Register
Election Countdown

प्रतिनिधिसभा निर्वाचन २०८२

00

दिन

00

घण्टा

00

मिनेट

00

सेकेन्ड

“Be Counted, Be Heard”
Developed by Ranjit Yadav
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास 

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २७, मंगलवार १७:५२
जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास 
10
SHARES
109
VIEWS

वीरगन्ज । ‘जान्नेलाई छान्ने’ नारा सहित निलो क्रान्तिमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवारको शैक्षिक योग्यता भने दश पास मात्रै उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्माण व्यावसायी रामाकान्त चौरसियालाई पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदवार बनाएको छ ।

ADVERTISEMENT

‘जान्नेलाई छान्ने’ नारा बोकेर निलो क्रान्ति शुरु गरेको रास्वपाले पर्सा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको रामाकान्त चौरसियाको निर्वाचन कार्यालयमा बुझाएको विवरणमा शैक्षिक योग्यता कक्षा १० पास मात्रै उल्लेख गरिएको पाईएको हो ।

वीरगन्जको बसपार्कमा कवाड व्यावसाय गरेको स्व।गयाराम चौरसियाका छोरा रामाकान्त चौरसिया मोना कन्स्ट्रक्सनका सञ्चालक पनि हुन् ।

‘गयाराम कवाडी’ ले परिचित गयाराम प्रसाद चौरसियाका एकमात्र छोरा रामाकान्त चौरसिया अहिले रास्वपाबाट पर्साको क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् । स्थानीय व्यावसायीहरुका अनुसार गयाराम प्रसाद चौरसिया अत्यन्तै समाजसेवी थिए ।

उनले विभिन्न स्थानमा विभिन्न भवन निर्माणका लागि जग्गा दान समेत गरेका छन् । तर, निर्माण व्यावसायमा लागेका छोरा रामाकान्त चौरसिया भने अहिले पर्साकै विभिन्न स्थानमा दशौंबर्षदेखि पुल निर्माण अलपत्र पारेको ठेकेदारको रुपमा बदनाम भएका छन् ।

उनको निर्माण कम्पनीले सकारेको पर्साका विभिन्न स्थानका पुलहरु १० औं बर्षदेखि अलपत्र अवस्थामा छन् । पर्सा क्षेत्र नम्बर ३ मा यसअघि निर्वाचिन जनप्रतिनिधिहरुको व्यावसायिक र राजनीतिक पृष्ठभूमि विवादिद बनेपछि त्यसक्षेत्रका जनता यसपटक अन्याय नसहने पक्षमा छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट टिकट पाएका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि निलम्बित भएका थिए ।

त्यसपछि पर्सा क्षेत्र नम्बर ३ जनप्रतिनिधिविहिन अवस्थामै कार्यकाल सकियो । त्यसबेला क्षेत्र नम्बर ३ का जनताको आवाज बोलिदिने कोही पनि भएन अन्यायमा परे ।  त्यस्तै २०७९ को निर्वाचनमा नेकपा एमालेबाट राजकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

उनी पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएको बेला लिचीबारी जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्दा दायर भएपछि अहिले थुनामै रहेका छन् ।

अब फागुन २१ हुने निर्वाचनमा भने पर्सा क्षेत्र नम्बर ३ का जनताले पहिले जस्तै अन्याय सहनेवाला छैनन् । उनीहरु विवादित पृष्ठभूमिका व्यक्ति र उम्मेदवारहरुलाई मतदान नगर्ने पक्षमा छन् ।

त्यसैले क्षेत्रमा रहेका विभिन्न राजनीतिक दल र दलका उम्मेदवारहरुले व्यापक प्रचार प्रसार गरेपनि देशको राष्ट्रिय र अन्तराष्ट्रिय राजनीति बुझेको दल मात्रै होईन जनताको मुद्दा उठान गर्ने उम्मेदवारको खोजीमा मतदाताहरु छन् ।

आफ्नो गाउँ ठाउँ छोडेर विभिन्न व्यक्तिहरुको अवैध स्रोतबाट जीवनशैलीमा अप्रत्याशित परिवर्तन ल्याएका उम्मेदवार र व्यावायिक पृष्ठभूमिबाट कमाएको पैसाको प्रभावमा बनेका उम्मेदवारहरु भन्दा आफ्नै क्षमतामा उभिएका उम्मेदवारलाई पर्साको क्षेत्र नम्बर ३ का मतदाताले यसपटक जिताउने छन् ।

गणतन्त्र स्थापनापछि निर्वाचन प्रणाली समानुपातिक समावेशी व्यावस्था अनुसार राजनीतिक दलहरुले व्यवासायी, ठेकेदार लगायतलाई राजनीतिमा प्रवेश गराउन थालेपछि राजस्व नीति र विकास निर्माण समेत प्रभावित हुने गरेको छ ।

ठूला ठूला व्यावसायीहरुले जनप्रतिनिधिको रुपमा राजनीतिक दलको अवरणमा राज्यको करनीति र राजस्व नीतिमा समेत ठाडो हस्तक्षेत्र गर्ने गरेका कारणले व्यावसायीहरुकै अनुकुलतामा राज्य सञ्चालकहरु लाग्न थाले ।

यसले नागरिकहरु भने पीडित भएका छन् । यसपटक पर्सा क्षेत्र नम्बर ३ का मतदाता आफू आन्यायमा पर्ने गरी मतको दुरुपयोग नगर्ने पक्षमा छन् ।

Previous Post

पर्सा क्षेत्र नं.–१ मा रास्वपाको शक्ति प्रदर्शनः नगवामा उर्लियो जनसागर

Next Post

रेलमार्गबाट हुने ढुवानीमा ढिलाइले उद्योगी चिन्तित, समाधानका लागि सरकारसँग माग

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In