• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, February 11, 2026
  • Login
  • Register
Election Countdown

प्रतिनिधिसभा निर्वाचन २०८२

00

दिन

00

घण्टा

00

मिनेट

00

सेकेन्ड

“Be Counted, Be Heard”
Developed by Ranjit Yadav
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचन आयोगद्वारा ‘सवारीसाधन अनुमति कार्यविधि २०८२’ जारी: कुन उम्मेदवारले कति गाडी चढ्न पाउने ?

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २५, आईतवार ०८:४३
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कडाइ: निजी खाताबाट चन्दा निषेध
12
SHARES
136
VIEWS

वीरगंज । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको समयमा हुने सवारीसाधन प्रयोगलाई व्यवस्थित र नियन्त्रित बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ।

आयोगले जारी गरेको ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार अब निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवार वा तिनका आधिकारिक प्रतिनिधिले प्रचारप्रसारका लागि गाडी प्रयोग गर्नुअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ।

ADVERTISEMENT

नयाँ कार्यविधिले उम्मेदवारको पदअनुसार सवारीसाधनको संख्या तोकेको छ। जसअनुसार प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी प्रयोग गर्न पाउनेछन्।

स्थानीय तहतर्फ महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका लागि दुईवटा गाडीको सुविधा दिइएको छ भने नगरपालिका वा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एउटा मात्र गाडी प्रयोग गर्न पाउनेछन्।

त्यस्तै वडा तहका उम्मेदवारका लागि पनि एक थान सवारीसाधन प्रयोगको अनुमति दिने व्यवस्था गरिएको छ। भौगोलिक विकटताका कारण सवारीसाधन चल्न नसक्ने स्थानमा भने वैकल्पिक रूपमा घोडा प्रयोग गर्न सकिने प्रावधान कार्यविधिमा उल्लेख छ।

आयोगले मौन अवधिको समयमा प्रचारका लागि कुनै पनि प्रकारका सवारीसाधन प्रयोग गर्न नपाइने गरी कडाइ गरेको छ। यदि कसैले अनुमति विना वा मौन अवधिको समयमा गाडी चलाएमा त्यस्ता सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन्।

यसरी नियन्त्रणमा लिइएका सवारीसाधन निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएपछि मात्रै सम्बन्धित धनीलाई फिर्ता गरिने आयोगले चेतावनी दिएको छ। मतदानको दिनको हकमा पनि अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य सबै प्रकारका यातायातका साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यद्यपि, अत्यावश्यक सेवा र विशेष पास भएका सवारीको हकमा भने केही सहज व्यवस्था गरिएको छ। एम्बुलेन्स, दमकल, खानेपानीका ट्याङ्कर र अस्पताल सेवा जस्ता आकस्मिक सेवाका सवारीसाधनले प्रचारको अनुमति लिनु पर्ने छैन।

उम्मेदवार, सुरक्षाकर्मी, निर्वाचन अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी र विदेशी पर्यटक जस्ता विशेष पहिचान भएका व्यक्ति तथा निकायलाई भने आयोगले तोकेको मापदण्डका आधारमा विशेष सवारी अनुमति उपलब्ध गराइनेछ।

Previous Post

देशभर एचपीभी खोप अभियान सुरु, साढे ३ लाख किशोरीलाई समेट्ने लक्ष्य

Next Post

धादिङको थाक्रेमा दुई बस ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In