मकवानपुर। नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पिडित पक्षले दिएको जाहेरी दरखास्तका आधारमा हेटौँडा उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष ४६ का ऋषि केबीलाई पक्राउ गगरेको हो।
पक्राउ परेका केबीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
यससँगै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुनै पनि महिला तथा नाबालिकाहरू जबरजस्ती करणी जस्तो जघन्य अपराधबाट पिडित भएर डर त्रासको कारणले सूचना दिन सकिरहेका छैनन् भने जुनसुकै माध्यमबाट गोप्य रूपमा सूचना दिन सकिने पनि सार्वजनिक अपिल गरेको छ।
