वीरगन्ज । आज छठ पर्वको दोश्रो दिन ब्रतालुहरुले ‘‘रशिआव रोटी’’ बनाई खाएर खराना मनाईदै छ । कठोर र पवित्र पर्वको रुपमा मनाईने लोकआस्थाको पर्व छठ शनिबार ‘नहाय–खाय’ नुहाएर चोखो नितो भई घरसफा गरिएको थियो ।
महापर्व छठको दोस्रो दिन आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यसलाई खरना पनि भनिन्छ ।
यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको थियो ।
आजको दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् । भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ ।

