• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

माओवादी केन्द्र र नेकपा एस एकीकरणको अन्तिम चरणमा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक ७, शुक्रबार १३:५७ गते
माओवादी केन्द्र र नेकपा एस एकीकरणको अन्तिम चरणमा
0
SHARES
2
VIEWS

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच आगामी निर्वाचनअगावै एकता गर्ने गरी अन्तिम गृहकार्य तीव्र भएको छ । दुई पार्टीले कात्तिक ३० गते अघि नै एकीकृत पार्टीको रूपमा चुनावमा सहभागी हुने तयारी गरिरहेका छन् र हालसम्म भइरहेको प्रगतिमा कुनै बाधा नआए अब एकताबाट पछि हट्ने अवस्था नरहेको वार्ता टोलीका सदस्यहरूले बताएका छन् ।

आगामी चुनावमा आफ्नो पोजिसन बलियो बनाउन चिन्तित दुवै दल अहिले मिलेर जाने स्थितिमा पुगेका हुन् । माओवादीभित्र एकताको विषयमा कुनै सैद्धान्तिक विमति छैन भने नेकपा एसमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूको केही विमतिको पनि निरुपण गरी एकतामा पुर्‍याउने दाबी नेताहरूले गरेका छन् ।

ADVERTISEMENT

सैद्धान्तिक आधार र वैचारिक कार्यदिशा :

दुई पार्टीले मार्क्सवाद–लेलिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने तय गरिसकेका छन्, जसअनुसार माओवादीले भन्दै आएको माओवाद अब मूल सिद्धान्त रहने छैन भने नेकपा एसको जनताको बहुदलीय जनवाद पनि हट्नेछ । दुवै दल लोकतान्त्रिक व्यवस्थालाई आधार मानेर वैज्ञानिक समाजवादलाई अपनाउन सहमत भएका छन् ।

यसका लागि नेपाली विशेषताको समाजवाद उनीहरूको वैचारिक कार्यदिशा हुनेछ । नेपाली समाज पुँजीवादी समाज भएको र नेपाली जनता र दलाल नोकरशाही पुँजीवादबीचको अन्तरविरोध प्रधान अन्तरविरोध भएको विश्लेषण गरिएको छ ।

उनीहरूले क्रान्तिको कार्यक्रम समाजवाद हुने भनेर अपनाइसकेको अवस्थामा नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद हुने भन्नेमा कुनै विमति नरहेको एक नेताले बताए ।

संगठनात्मक संरचना र नेतृत्व मोडेलमा छलफल :

माओवादी र नेकपा एस दुवैले लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयता अबलम्बन गर्ने सहमति गरेका छन् र दुवैको संगठनात्मक संरचनामा करिब एकरूपता रहेको छ ।

संगठनात्मक संरचनामा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका धेरै बहुपद नराख्ने करिब सहमति भएको छ । तर, मूल नेतृत्वमा कस्तो मोडल अपनाउने भन्नेमा बहस जारी छ । छलफलमा रहेका विकल्पहरूमा अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुवै संरक्षक बस्ने, वा संयोजक र सहसंयोजक रहने, वा निर्देशक वा परामर्श समिति राखेर अघि बढ्ने भन्ने छन् ।

यी सबै मोडलमा एउटा मूल काम गर्ने सचिवालय रहने र अरु सदस्य बन्ने मोडलमा पनि सहमति हुनसक्नेछ । सबै नेताहरूको सोच नयाँ स्थितिमा नयाँ ढंगले जानुपर्ने र पार्टीमा नेतृत्व विकास र नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि अपनाउने रहेको एकता प्रक्रिया नियालिरहेका एक नेताले बताए ।

पार्टीको नाम र चुनाव चिह्न :

पार्टीको नामबाट माओवादी हट्ने भएपछि नेकपा समाजवादी वा नेपाली कम्युनिष्ट पार्टी नाम राख्न सकिने विकल्पमा छलफल भइरहेको छ ।

अहिले नेकपा समाजवादी नामको दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले राजु कार्कीको नेतृत्वमा रहेको उक्त दलसँग एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नेबारे पनि कुरा भइरहेको छ ।

अर्को विकल्पको रुपमा लोकनारायण सुवेदी नेतृत्वको नेकपा सँग एकता गरेर त्यही नाम राख्नेबारे पनि कुराकानी जारी छ । यी दुई दलसँग एकता नभएको अवस्थामा भने नेपाली कम्युनिष्ट पार्टी नाम राख्नेबारे छलफल भएको छ ।

पार्टीको झण्डा कम्युनिस्ट पार्टीकै हुनेछ भने चुनाव चिह्न भने नयाँ लिने भन्ने छ । यद्यपि, दुवैले अहिले प्रयोग गरिरहेको गोलाकारभित्रको हँसिया हथौडा वा कलश चिह्नमध्ये एकमा सहमति खोज्ने कोसिस पनि छ, यो नभए नयाँ कुनै उपयुक्त चिह्न लिनेबारे पनि छलफल भइरहेको छ ।

अन्य दललाई समेट्ने प्रयास :

दुवै दलले दुई पार्टी मात्र नभई अन्य धेरै दलहरूलाई पनि यस एकतामा जोड्न सकिने विकल्पमा छलफल गरिरहेका छन् । त्यसका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि कुराकानी भइरहेको छ ।

यी सबै दललाई मिलाएर लैजान सके एकीकृत पार्टीको शक्ति अझै मजबुत हुने बुझाइ दुवै दलको छ । यता एकीकरणका लागि वार्ता चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका नेता कार्यकर्तालाई पुरानै घरमा फर्किनका लागि गरेको अपील सम्मानका लागि भन्दा पनि होच्याउने ढंगले आएकाले त्यतातर्फको सम्भावना कम रहेको अर्का एक नेताले बताए ।

नेकपा एसका एक नेताका अनुसार कात्तिक ३० भित्र त एकीकृत रूपमा पार्टी चुनावमा लागि दर्ता भइसक्नुपर्ने भएकाले उनीहरू छिटोछिटो एकता टुंग्याउने कोसिसमा छन् ।

Previous Post

प्रहरी निरीक्षक चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई

Next Post

कलैयाको सडक निर्माणका लागि संकलित हस्ताक्षर मन्त्रालयसम्म लैजाने तयारी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In