वीरगञ्ज । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतबाट २०८१ भदौ २४ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय र अन्य दुई मुद्दाहरूमा गरी कुल रु. १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका फरार प्रतिवादी अनिल कुमार साह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ३२ वर्षीय साहलाई शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा वीरगञ्ज महानगरपालिका वडा नं। १५ ब्रहमचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।
पक्राउ पर्ने साह वीरगञ्ज महानगरपालिका वडा नं। १६ का बासिन्दा रहेको जनाईएको छ ।
पक्राउ लगत्तै उनलाई शुक्रबार नै सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बस्नेतले
जानकारी दिए ।

