वीरगन्ज । वीरगन्जको प्रतिष्ठित विद्यालय गौतम माध्यामिक विद्यालयले आयोजना गरेको ‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा ‘भ्वाईस अफ गौतम’ सुरज चौरसिया बनेका छन् । सिनियर र जुनियरका गरी १५ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै चौरसियाले यसबर्षको ‘भ्वाईस अफ गौतम’ को उपाधि उचालेका हुन् ।
त्यस्तै दुवै तहका विद्यार्थीहरुको अन्तर सदन गायन प्रतियोगितामा सिनियरतर्फ रेड हाउसकी अदिति पिठाकोटे मगर प्रथम, यल्लो हाउसकी अनुष्का सिंह द्वितीय र ग्रिन हाउसका बासु चौरसिया तृतीय भएका छन् ।

त्यस्तै जुनियरतर्फ ग्रिन हाउसकी स्मृति साह प्रथम, यल्लो हाउसकी आश्रिका तामाङ्ग द्वितीय भएकी छिन् । जुनियरतर्फ रेड हाउसका पियुस वर्णवाल र ब्लु हाउसकी गौरी ठाकुर तृतीय भएका छन् । ‘भ्वाईस अफ गौतम २०८२’ का सुरज चौरसियाले शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनलाई निर्णायकहरु अशोक प्रधान, सद्दाम हुसैन र प्रताप यादव तथा विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, सहायक प्रिन्सिपल ललित कर्ण, एकेडेमिक हेड रमेश शर्मा लगायतले शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
त्यस्तै अन्तर सदनमा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पनि मेडल, प्रमाणपत्र वितरण गरिएको छ । विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको सभापतित्वमा भएको प्रतियोगितामा विद्यालयका निर्देशक सोनाम लामा, शिक्षिका ममता श्रेष्ठ, शिक्षक टिएन चौधरी, विद्यालयका संगीत शिक्षक प्रकाश परियार लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गरेका थिए ।

