वीरगञ्ज। युवा सशक्तिकरण (EYES Nepal) ले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष रुपशीला जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष महेश साहले उद्घोषण गरेका थिए ।
संस्थाकी उपाध्यक्ष सूत्रतारा केवटले उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिईन् । कार्यक्रममा संस्थाका सचिव राजिव न्यौपानेले वार्षिक प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी तोयनारायण सुवेदीको हातबाट ३ जनालाई संस्थाको सदस्यता समेत प्रदान गरिएको थियो । गुडु साह, रन्जना चौधरी र कृती तामाङ्गलाई संस्थाको सदस्यता प्रदान गरिएको कोषाध्यक्ष महेश साहले जानकारी दिए ।
कार्यक्रममा सुशिला भण्डारी, मीरा जैसवाल, कमल चौलागाई, मार्टिन मोक्तान, उमेश चौहान, ओमप्रकाश सराफ, राज सरार्फ लगायत समाजसेवी, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

