वीरगन्ज । वीरगन्जमा डिपल एसयुभीको नयाँ सोरुम सञ्चालनमा आएको छ । नोभस ब्रदर्श प्रालिले सञ्चालनमा ल्याएको शो रुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायत उद्योग वाणिज्य महासंघ मधेस प्रदेश र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायत पदाधिकारीहरूको उपस्थितिमा उद्घाटन गरेका हुन् ।
नोभस ब्रदर्स प्रा. लि.ले यस क्षेत्रमा दिपलका इभीको बिक्री वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । नोभस ब्रदर्स प्रालिले सवारी साधनको बिक्री गर्नुभन्दा पहिले नै ग्राहकको लागि सेवाहरु सहितको सुविधा पनि उपलब्ध गराउने नोभस ब्रदर्स प्रालिका अध्यक्ष अनुप अग्रवालले बताए ।
नोभस ब्रदर्स प्रालिमा विभिन्न आकर्षक अफरसहित चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम पनि सुरु भएको छ । यो अफरमा ग्राहकहरूले दिपल एस–५ सँगै एस–७ आईसीए, स्टाइलिस सेडान एल–७ र अल्ट्रा प्रिमियम एसयुभी अवतार ११ लगायतका मोडलहरूको पनि टेस्ट ड्राइभ गर्न सक्ने अध्यक्ष अग्रवालले बताए ।
एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन पाउनुका साथै केही निश्चित दिपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि पाउनेछन् । साथै विशेष टेस्ट ड्राइभ पनि गरिएको छ ।
यसअघि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको नयाँ भेरियण्टको गाडी वीरगन्जमा सार्वजनिक गरिएको छ । दिपल कम्पनीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालको औद्योगिक तथा आर्थिक सहर वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस–५ सार्वजनिक गरेको हो ।
केही सातामै नेपाली बजारमा चर्चित बनेको यो मोडलमा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ । जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) सम्मको लाइफस्पान रहेको कम्पनीले जनाएको छ । लक्जरी र आरामदायी यात्राका लागि यसमा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन्।
साथै, यसमा ‘क्विन कोपाइलट सिट’ रहेको छ, जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम प्रदान गर्दछ । प्रविधिको दृष्टिकोणले पनि यो एसयुभी निकै अगाडि छ ।
यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ८८‘रिमोट इन एन्ड आउट पार्किङ’८८को सुविधा रहेको छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सक्छ ।
साथै, यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ, जसले ‘लाइभ नेभिगेसन’ सहित अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ यसको अर्को आकर्षण हो, जसमा ‘इन्टरनेट कनेक्टिभिटी’ पनि उपलब्ध रहेको जनाएको छ ।

