• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन २९, बुधबार १९:०५ गते
मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त
1
SHARES
11
VIEWS

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष तथा (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

नयाँ नेतृत्वका लागि प्रदेश प्रमुख भण्डारीले बुधबार बेलुकी चार बजेसम्म समयसीमा तोकेकी थिईन् । सोही समयभित्र, सोनलले नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका ६ दलका ५७ प्रदेश सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।

ADVERTISEMENT

प्रदेश प्रमुखको कार्यालयका अनुसार सोनारको नियुक्तिको जानकारी राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (मधेश प्रदेश) र मधेश प्रदेश सभा सचिवालयमा पठाइएको छ।

नयाँ मुख्यमन्त्रीका रूपमा सोनारले अब प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्। राजनीतिक वृत्तका अनुसार उनले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वलाई प्राथमिकता दिने बताएका छन्।

सोनारको नेतृत्वमा अब मधेश प्रदेशले नयाँ दिशा लिने अपेक्षा गरिएको छ। उनका निकट सहयोगीहरूले उनले प्रदेशमा सुशासन, सहकार्य र स्थायी राजनीतिक स्थिरतामा जोड दिने बताएका छन्।

जितेन्द्र सोनल यसअघि मधेश प्रदेशको कार्यकालमा लालबाबु राउत नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट सांसद रहेका उनी तत्कालिन मन्त्री परिषदमा दोस्रो वरीयतामा रही काम गरिसकेका छन्।

बारा जिल्लाबाट लगातार दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रहेका सोनल लोसपाका संसदीय दलको नेताको रूपमा पनि काम गरिसकेका छन्। यसअघि उनी संघीय संसदमा समेत सदस्य भई काम गरिसकेका अनुभवी नेता हुन्।

मधेस आन्दोलनमा अग्रणी नेतृत्वमा रहेर काम गरेका सोनल राजनीतिक चरित्र निकै मिलनसार र सरल नेताका रुपमा चिनिन्छन् । उनी समकालिन राजनीतिमा पनि अरु भन्दा सालिन व्यक्तित्वको रुपमा परिचित छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले सहितको समर्थनमा नेपाली कांग्रेसका कृष्ण यादवले पनि दावी पेश गरेका थिए । तर, उनको पक्षमा ५४ जना सांसद नपुगेपछि मुख्यमन्त्रीमा उनको दावी नै पुष्टि हुन सकेन ।

Previous Post

प्रचण्डमाथि ‘२ करोड’ अफवाह फैलाउनेमाथि कारबाही नभए आन्दोलनमा उत्रिने YCL पर्सा र बाराको कडा चेतावनी

Next Post

सशस्त्र प्रहरी बल,पर्साद्वारा ३ लाख १५ हजार बराबरको सवारी साधन सहित सामानहरु भन्सार दाखिला

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In