सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले मोटरसाईकल चोरीमा संलग्न ७ जना व्यक्तिलाई ४ वटा चोरी भएका मोटरसाईकलसहित पक्राउ गरेको छ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ८ बस्ने ललन कुमार दासले तोपा बजार स्थित स्कुल गेट अगाडी पार्किङ्ग गरी राखेको स २ प ८६५९ नं. को सुपर स्प्लेण्डर मोटरसाईकल चोरी भएको भनि यस कार्यालयमा निवेदन दिएका थिए।
उनको निवेदन सहितको र अन्य चोरीका घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले चोरी भएका ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न निम्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज न.पा. वडा नं.– १५ खाडीपुल स्थितका अनिल कुमार यादव, सोही स्थान बस्ने राज नारायण यादव, सचिन यादव, गजेन्द्र कुमार यादव, राजविराज न.पा. वडा नं.– ११ बस्ने अजय कुमार यादव, वडा नं.– १० बस्ने शिवनन्दन यादव, उदयपुर जिल्ला बेलका न.पा. वडा नं.–९ बस्ने गणेश बहादुर विश्वकर्मा रहेका छन् ।
पक्राउ परेकाहरु उपर चोरी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

