वीरगन्ज । वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीए दोश्रो समेस्टरको परीक्षा शुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगन्जका दुईवटा कलेजको बीबीए दोश्रो सेमेस्टकरका विद्यार्थीहरुको परीक्षा सोमबारबाट शुरु भएको हो ।
एपेक्स म्यानेजमेण्ट कलेज परीक्षा केन्द्रमा वीरगन्ज डेसिमल कलेजको पनि विद्यार्थीहरुले परीक्षा दिएका छन् । दुवै कलेजको परीक्षा केन्द्र एपेक्स म्यानेजमेण्ट कलेजमा परेको छ ।
परीक्षा एकदमै मर्यादित र शान्तिपूर्ण रुपमा भईरहेको सुदूरपश्चिम विश्वविद्यालयबाट सुपरीवेक्षणमा खटिएका राजेन्द्र सिंह धामीले बताए । विद्यार्थीहरुले अनुशासित भएर परीक्षा मर्यादित रुपमा दिएको उनले बताए । परीक्षा केन्द्रको केन्द्राध्यक्षमा डा. दिपेन्द्र कुमार चौधरीलाई नियुक्त गरिएको छ । परीक्षा केन्द्रमा मोबाईल सहितका ईलेक्ट्रोनिक डिभाईहरु निषेध गरिएको छ ।
उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएर मधेसमा पाँचवटा कलेजले बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिलको नयाँ पुस्तालाई बीबीए कार्यक्रम निकै उपयोगी भएको पनि उनले बताए ।
त्रिभुवन विश्वविद्यालयपछिको दोश्रो ठूलो विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय नेपालको सुदूरमा रहेरपनि मधेससम्म आफ्नो कार्यक्रम सञ्चालन गरेर शिक्षामा महत्वपूर्ण कदम अगाडि बढाएको एपेक्स म्यानेजमेण्ट कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयको बीबीए कार्यक्रमले पर्सा–बारा औद्योगिक करिडोरमा रहेका औद्योगिक प्रतिष्ठानका लागि पनि आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुग्ने र बीबीए अध्ययन गरेका विद्यार्थीहरुले पनि अवसर प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।
एपेक्स म्यानेजमेण्ट कलेजले प्रथम सेमेस्टरको बीबीएका लागि भर्ना पनि खुला गरेको डा.चौधरीले बताए । उनका अनुसार बीबीए पहिलो सेमेस्टरमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भदौ ३१ गते प्रवेश परीक्षा रहेको जानकारी दिए ।

