ठोरी । उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्ध(वृद्धा, आमाबुबा तथा बालबालिकाहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।
संस्थाले सधैँझैँ यस पटक पनि चामल, पीठो, दाल, खानेतेल, नुन, बिस्कुट, टुथब्रस, टुथपेस्ट, चिउरा, भुजा, चना, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनियाँ, खुर्सानी, बेसारलगायतका दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराएको हो।
यी सामग्रीहरू आश्रमका सदस्य रामबहादुर थिङलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो। उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगी, अभिभावक पद्मादेवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले हरेक महिना आश्रमलाई यस्ता सामग्रीहरू सहयोग गर्दै आएको छ।