काठमाडौं । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ७ लाख ४१ हजार १२५ थान नागरिकता वितरण गरेको छ। वंशजका आधारमा ७ लाख २४ हजार ७०४, वैवाहिक अंगीकृतमा १३ हजार ७८० र प्रतिलिपि ९८ थान नागरिकता वितरण गरिएको हो। सो अवधिमा २ हजार ५४३ गैरआवासीय नागरिकता पनि वितरण भएको छ।
उक्त वर्षमा २८८ उजुरी दर्ता भई २१२ फर्छ्योट गरिएका छन्। साथै ४,८१५ नागरिकता रद्द/बदर र ११९ जनाले परित्याग गरेको मन्त्रालयले जनाएको छ।