चितवन। पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीद्वारा लिखित उपन्यास बखान आइतबार बखान सहकारी संस्था लिमिटेडको आयोजनामा विमोचन गरिएको छ। उपन्यासको मुख्य पात्र बखानसिंह गुरूङ हुन्, जो नेपालकै पहिलो सहकारी संस्थाका संस्थापक हुन्।
कार्यक्रममा बागमती प्रदेशकी मन्त्री विनु रायमाझी पौडेल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र गुरूङका नाति चन्द्रध्वज गुरूङले विमोचन गरे। उपन्यासले बखानसिंहको सामाजिक र राजनीतिक योगदानसहित चितवनको बस्ती विकास र संस्कृति उजागर गरेको छ।