काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछिन् ।
उनको भ्रमण दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवसँग मेल खाएको छ । शनिबार नेपाल आएकी उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्दै सीधा हवाई उडानबारे प्रस्ताव छलफल गरेकी थिइन् । सोमबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ ।