काठमाडौं । साफ १७ वर्षमुनि महिला च्याम्पियनसिपमा नेपालले आज भूटानको थिम्पुमा बङ्गलादेशसँग खेल्नेछ । खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
यसअघि नेपालले भूटानलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।