रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सुटकेसभित्र एक महिलाको शव फेला परेको छ । शनिबार राति सडक किनारमा भेटिएको सुटकेस प्रहरीले खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव कोचिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए ।
महिलाको पहिचान खुल्न बाँकी छ । शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ भने घटनास्थल नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज प्रहरीले जाँचिरहेको छ ।
यसै साता रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । यसअघि नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो ।