वीरगन्ज – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज भन्सार नाकाबाट आयात, निर्यात तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार साउन महिनामा मात्र ६८ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब ११ करोड बढी हो। गत वर्षको साउन महिनामा करिब ६० अर्ब ६ करोड बराबरको वस्तु आयात भएको थियो।