वीरगञ्ज । कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को उपलक्ष्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगञ्ज पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगञ्ज पर्साको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्श नगर रंगशालामा शुक्रबार बिहान ६ः३० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उदघाटन गरेका थिए । सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको कार्यक्रमको अध्यक्षतामा भएको मैत्री फुटबलमा प्रहरी प्रशासनले फराकिलो अन्तरले जित निकालेको छ । प्रहरी प्रशासनले सामुदायिक सेवा केन्द्रका खेलाडीहरुलाई ७–१ गोल गरेर सामुदायिक सेवा केन्द्रलाई पराजित गरेको सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि गणेश अर्याल लगायत प्रमुख सहायक जिल्ला अधिकारी सुमन कुमार कार्की, प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइराला, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीणा, लगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
त्यस्तै प्रहरी नायव उपरीक्षक सुवास भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोक राज भट्ट, प्रहरी निरीक्षकहरु रोशन थापा, अमृत बस्नेत, निरोज चौलागाईं, प्रभु अस्पतालका डा. मनोज कुमार गुप्ता, दिलिप राज कार्की, वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी, सुरेश कुमार रुंगटा, इनोभेटिभ युथ सोसाईटीका अध्यक्ष कमल चौगाई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।