वीरगञ्जको इनर्वा नाकाबाट मानव बेचबिखनमा संलग्न गोर्खा नगरपालिका–४ की २८ वर्षीया सरिता सिर्मललाई प्रहरीले पक्राउ गरेको छ।
उनले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन युवतीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनी बेचबिखन गर्ने नियतले लैजाँदै गरेको खुलेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका तीनै जना युवतीलाई अभिभावकको जिम्मा लगाइएको छ। सिर्मलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइएको र सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको डीएसपी किशोर लम्सालले बताए।