रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि छुरा प्रहारबाट २२ वर्षीय सहाबुद्दीन मियाको मृत्यु भएको छ। आज दिउँसो करिब २ः४० बजे विवादका क्रममा कलेज अगाडि उनलाई छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गम्भीर घाइते भएका मियाको उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। घटनासम्बन्धी आरोपमा गौर नगरपालिका–३ का मनोज रामलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको छ।