४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको नख्खु कारागारमा गएर रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
भेटमा प्रचण्डले लामिछानेसँग कारागारको बसाइबारे जानकारी लिएको बताए। रविले भैरहवा कारागारको तुलनामा नख्खु कारागारमा धेरै राम्रो सेवा–सुविधा पाएको उल्लेख गरेका छन्।