काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान भए निष्पक्ष सहयोग गर्ने बताएका छन्।
१८ वर्षअघिको घटनाबारे घाइते त्रिभुवन साहलगायतले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले सोमबार छानबिन अघि बढाउन आदेश दिएको हो।
यादवले सर्वोच्चको आदेशलाई सम्मान गर्ने बताए पनि यसअघि सरकारले, न्यायिक आयोगले, मानव अधिकार आयोगले र राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत छानबिन गरी निष्कर्ष निकालिसकेको दाबी गरे। उनले यसलाई राजनीतिक विषय भन्दै आत्तिनुपर्ने अवस्था नभएको टिप्पणी गरे।
२०६३ चैत ७ गते रौतहटको गौरमा भएको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए।