काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमाले एकजुट भएका छन्। दुवै दलले आफ्ना सांसदलाई सिंहदरबार बोलाई हस्ताक्षर संकलन सुरु गरेका छन्।
रानामाथि अमेरिकी भिसाका लागि आधिकारिक लेटरप्याड प्रयोग गरी दूतावासमा सिफारिस पत्र पठाएको आरोप छ। यसै कारण कांग्रेस–एमालेले महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।