• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

यौन श्रममा संलग्नहरुको अधिकारका लागि कानून निर्माणको विषयमा छलफल

by
प्रकाशित मिति : २०८२ भाद्र ३, मंगलवार ०९:४४ गते
यौन श्रममा संलग्नहरुको अधिकारका लागि कानून निर्माणको विषयमा छलफल
11
SHARES
125
VIEWS

वीरगन्ज । नेपालमा यौन व्यावसायलाई वैधानिकता भन्दापनि यौन व्यावसायमा लागेकाहरुको बाध्यात्ममक परिस्थितिलाई बुझेर उनीहरुलाई पुर्नस्थापनामा राज्यले ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

यौन श्रममा संलग्नहरुका अधिकार सम्बन्धमा वीरगन्जमा सोमबार गरिएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो जोड दिएका हुन् । उनीहरुले नेपाली समाज अझैपनि खुलापन नभएको र यहाँको सामाजिक संरचनाले त्यस्तो खुलापन नआएको र यौन पेशा र व्यावसायमा संलग्न हुन बाध्यता भएकाहरुलाई अन्य कुनै आयआर्जनको पेशामा पुर्नस्थापना गर्ने खालको कार्यक्रम राज्यले ल्याउनुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।

ADVERTISEMENT

महिला कानून र विकास मञ्चले श्रममा संलग्नहरुको अधिकार लागि कानून निर्माण गर्न सुझाव संकलनका लागि आयोजना गरिएको छलफल कार्यक्रममा पर्सा बार एशोसिएनका अध्यक्ष रामनारायण कुर्मीले यौन श्रममा संलग्नहरुको लागि कानून निर्माण गर्नुभन्दा पहिले वैधानिकता गर्ने कि नगर्ने भन्ने विषयमा बहस र छलफल चलाउनु जरुरी रहेको बताए ।

त्यस्तै अधिवक्ता सावित्री कुमार भण्डारीले यौन पेशमा संलग्न हुनुपर्ने बाध्यता पर्ने एउटा वर्ग रहेको र अर्को हुने खानेहरु पनि सुविधा सम्पन्न होटलहरुमा यौन धन्दाकैलागि जाने अर्को वर्ग रहेकोले त्यस्ता विषयमा गम्भीर बहस र छलफल गरेर मात्रै यसको कानून निर्माण हुनुपर्नेमा जोड दिईन् ।

विद्यार्थी जागरण मञ्चका नीरज साहले यौन श्रममा लाग्नेहरुको समस्या र बाध्यता पनि रहेको र उनीहरुमा चेतनाको स्तर पनि कम हुने भएकोले उनीहरुलाई शिक्षा र आयआर्जनमा लाग्ने वातावरण बनाएर पुर्नस्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रहरी नायव निरीक्षक तेजप्रताप सिंहले अहिलेको संविधान र कानूनले यौन पेशा र व्यावसायलाई बर्जित गरेको र प्रचलित ऐन कानून अनुसार प्रहरीले पनि कारवाही गर्दै आएकोले यौन श्रममा लाग्नेहरुको लागि कानून निर्माण गर्दा नीति निर्माण तहमै व्यापक छलफल र बहस गरेर निर्माण गर्दा कार्यान्वयनमा सहज हुने बताए ।

छलफलमा महिला कानून तथा विकास मञ्चकी दिद्दिक्षा सिंहले यौन श्रममा लाग्नेहरुलाई फरक फरक कानूनले परिभाषा गर्ने गरेको र उनीहरुलाई कानूनी, सामाजिक र मानवीय रुपमा पनि गलत व्यवहार गर्ने गरेकोले उनीहरुको अधिकार रक्षाका लागि पनि बहस र पैरवी भईरहेको बताईन् ।

उनले सरकारी तथ्यांक अनुसार नेपालमा ८५ हजारको संख्यामा यौन श्रममा लाग्ने व्यक्तिहरु रहेको र समग्रमा झण्डै एकलाखको हाराहारीमा यौन श्रममा लाग्नेहरुको संख्या रहेकोले यसलाई न्यूनीकरण गर्न के के गर्नुपर्छ ? अहिले सरकारले ल्याएको केही नेपाल ऐन संसोधनबाट कुन कुन कानूनहरुले उनीहरुको समस्यालाई सम्बोधन गर्न सकिन्छ भनेर देशभरी बहस र छलफल गरिरहेको बताईन् ।

अधिवक्ता हरेराम सर्राफले अघिल्लो बर्ष पनि यस्तो छलफल भएकोमा खासै खुलेर बहस नगरिएको भएपनि यसपटकको बहस निकै खुला रुपमा भएको र सबैले आ–आफ्नो विचारहरु प्रस्तुत गरेकोले यसले कानून निर्माण र संसोधनलाई पनि सहज बनाउने बताए ।

Advertisment Advertisment Advertisment

कार्यक्रममा महिला कानून तथा विकास मञ्चका अधिवक्ता नविन श्रेष्ठले विद्यमान कानूनहरुको विषयमा र यौन श्रममा संलग्नहरुका लागि कानून निर्माण गर्नुपर्ने आवश्यकताको विषयमा विषयवस्तु प्रस्तुत गरेका थिए ।

Previous Post

हेटौंडामा चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

Next Post

उपसभामुख रानाविरुद्ध महाभियोग प्रक्रिया अघि बढ्दै

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In